तेस्रो त्रैमासको वित्तीय विवरण : बैंकहरूको नाफा खुम्चिँदै, प्रतिफल घटेपछि लगानीकर्ता निरास

काठमाडौं । पूँजी वृद्धिको तुलनामा व्यवसाय विस्तार हुन नसक्दा वाणिज्य बैंकहरूको नाफा खुम्चिँदै गएको छ ।  वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा करीब २४ प्रतिशत र दोस्रो त्रैमाससम्ममा करीब १० प्रतिशतले नाफा बढाएकोमा तेस्रो त्रैमासमा आइपुग्दा नाफा स्थिर देखिएको छ ।  बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत चैतसम्ममा २७ ओटा वाणिज्य बैंकले ५१ अर्ब १ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको यसै अवधिको तुलनामा यो नाफा २७ करोड ५३ लाख रुपैयाँ बढी हो । प्रतिशतमा यो शून्य दशमलव ५४ हुन्छ । गत आवको यही अवधिमा बैंकहरूले ५० अर्ब ७४ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए ।  चालू आवको शुरूमा बैंकहरू कर्जा विस्तारमा आक्रामक भए पनि पछिल्लो समय तरलता अभावका कारण थप कर्जा लगानी गर्न सकेका छैनन् । त्यसैगरी, तरलता अभावका कारण ब्याजदरमा प्रतिस्पर्धा भई स्प्रेडदर समेत घटेपछि बैंकहरूको नाफा प्रभावित भएको हो ।  नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल बैंकहरूको पूँजी वृद्धिसँगै नाफा प्रभावित हुन थालेको बताउँछन् । ‘बैंकको पूँजी एकैपटक ४ गुणा वृद्धि गरियो । तर, त्यसअनुरूप व्यवसाय विस्तार हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले बैंकको नाफा प्रभावित हुने गरेको छ ।’ कोभिड महामारीका कारण बैंकहरूको जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेकाले पनि तेस्रो त्रैमासको नाफा प्रभावित भएको उनले बताए ।  लगानीकर्ताहरूको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पनि बैंकको नाफा र लगानीकर्ताको प्रतिफल घट्दै गएको र यसबाट लगानीकर्ता निरुत्साहित हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छ ।  ‘बजारमा बैंक तथा वित्तीय संस्थाले अचाक्ली नाफा कमाए भनेर प्रचार भइरहेको र त्यसैअनुरूप राष्ट्र बैंकका निर्देशन जारी भएका छन्,’ सिबिफिनले पुस दोस्रो साता गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बैंकहरूको पूँजी चार गुणाले वृद्धि भए पनि लगानीकर्ताले पाउने प्रतिफल भने घट्दै गएको छ ।’ गत आवको सोही अवधिको तुलनामा चालू आवमा चैतसम्ममा १५ ओटा बैंकले मात्र नाफा बढाएका छन् । बाँकी १२ ओटाको नाफा घटेको छ ।  गत चैतसम्ममा सबैभन्दा बढी नाफा बढाउनेमा सेञ्चुरी कमर्शियल बैंक छ । यसको नाफा पोहोरको तुलनामा १ सय ८३ दशमलव ५९ प्रतिशतले बढेको छ । सबैभन्दा कम नाफा बढाउनेमा एभरेष्ट बैंक परेको छ । यसको नाफा शून्य दशमलव ५९ प्रतिशतले बढेको छ ।  सबैभन्दा धेरै नाफा घट्नेमा लक्ष्मी बैंक छ । लक्ष्मीको नाफा गतवर्षको तुलनामा यसपालि ३३ दशमलव ३१ प्रतिशतले घटेको छ । यस्तै, सबैभन्दा थोरै कुमारी बैंकको नाफा शून्य दशमलव ३२ प्रतिशत घटेको छ ।  गत चैतसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक परेको छ । यसले ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उच्च नाफा कमाउनेमा एनआईसी एशिया, नबिल, प्राइम र एनएमबी बैंक छन् । एनआईसीले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा गर्दा नबिलले ३ अर्ब ३५ करोड २० लाख, प्राइमले २ अर्ब ७२ करोड २० लाख र एनएमबिले २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

सम्बन्धित सामग्री

सुशासन नभएका पब्लिक कम्पनी, समयमा वित्तीय विवरण न साधारणसभा

१९ पुस, काठमाडौं । समयमै वित्तीय विवरण नबुझाएपछि पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत मंसिर १२ मा ८८ पब्लिक कम्पनीलाई जरिवाना किन नगर्ने भन्दै स्पष्टीकरण सोध्यो । वित्तीय विवरण ढिलो बुझाउने कम्पनीलाई ५० हजार र नबुझाएकालाई १ लाख रुपैयाँका दरले जरिवाना गर्न सेबोनले स्पष्टीकरण सोधेको थियो । सेबोनले पहिलोपटक समयमै वित्तीय विवरण नबुझाउने […]

समयमा वित्तीय विवरण नबुझाउँदा ८९ सूचीकृत कम्पनीलाई कारवाही

२२ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सयममा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको हो । सूचीकृत कम्पनीहरूले समयमै बोर्डलाई बुझाउनुपर्ने विवरण नबुझाएका कम्पनीलाई कारवाह्ी गर्ने निर्णय भएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए […]

एनआईसी एसिया लघुवित्तको वित्तीय विवरण सार्वजनिक

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।...

अब सबै सहकारीले वित्तीय विवरण मासिक रुपमा सार्वजनिक गर्नुपर्ने

३१ साउन, काठमाडौं । अब सबै सहकारी संघसंस्थाले वित्तीय विवरण मासिक रुपमा आफ्ना सेयरधनीलाई जानकारी गराउनु पर्ने भएको छ । सहकारी विभागले मंगलबार एक निर्देशन जारी गर्दै यस्तो प्रावधान कार्यान्वयनमा ल्याइएको बताएको हो । विभागका अनुसार प्रत्येक सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापकले पहिलो चरणमा एक साता भित्र र त्यसपछि मासिक रुपमा यस्तो विवरण सार्वजनिक […]

किन कमजोर देखियो कृषि विकास बैंकको वित्तीय विवरण ?

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा अधिकांश वाणिज्य बैंकहरुको नाफा वृद्धि हुँदा कृषि विकास बैंकले भने नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको औसत नाफा २३ प्रतिशत वृद्धि भएको छ । कृषि विकास बैंकको नाफा भने २३.७४ प्रतिशतले घटेको छ […]

आयो एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण

एनआईसी एशिया बैंक लिमिटेडले चालु आव २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वाषिर्क विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल […]

महालक्ष्मी बैंकको वित्तीय विवरण सार्वजनिक

महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।...

एनआइसीको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।...

अब लघुवित्त कम्पनीहरुले पनि ‘एनएफआरएस’ ढाँचामा वित्तीय विवरण तयार गर्नुपर्ने

अब घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले पनि एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ।