६ महिनामा युनिक नेपाल लघुवित्तको नाफा १११% बढ्यो

फागुन २, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको ६ महीना (दोस्रो त्रैमास) को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १११ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ४१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड २० लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । साथै कम्पनीले रू. ५ करोड २ लाख खराब कर्जा संकलन गर्न कम्पनी व्यवस्थापन सफल भएकाले पनि नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १३ प्रतिशत र सञ्चालन नाफा ५० दशमलव ४९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. ११ करोड ६ लाख रहेको छ भने जगेडामा रू. २५ करोड १४ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ९५ करोड २ लाख सापटी लिएर रू. २ अर्ब २९ करोड निक्षेप संकलन गरेर रू. ३ अर्ब ८८ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९३ दशमलव ८३, मूल्य आम्दानी अनुपात ५ दशमलव शून्य २ गुणा, तरलता अनुपात ३ दशमलव ९३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ४७१ दशमलव ३९ रहेको छ ।

सम्बन्धित सामग्री

खराब कर्जा संकलनमा वृद्धि भएसँगै युनिक नेपाल लघुवित्तको नाफा २९३ % बढ्यो

कात्तिक २४, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २९३ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ८२ लाख २० हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. ३ करोड २३ लाख ६९ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा पनि वृद्धि र रू.४ करोड ८८ लाख खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्तापूँजी रू.९ करोड ६८ लाख रहेको छ भने जगेडामा रू. २१ करोड ८१ लाख सञ्चित रहेको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५७ करोड ७९ लाख ७२ हजार सापटि लिएर, रू.२ अर्ब १५ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ३६ करोड ७५ लाख ९३ हजार कर्जा लगानी गरेको छ ।  यो पनि हेर्नुस् : तेस्रो त्रैमासमा युनिक नेपाल लघुवित्तको नाफा ७६% बढ्यो एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न युनिक नेपाल लघुवित्तले बोलायो विशेष साधारण सभा युनिक नेपाल लघुवित्तले कमायो ४ करोड ४२ लाख खुद नाफा