कात्तिक २३, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २ करोड २६ लाख ७७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४१ लाख ३५ हजारमा झरेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ४३ लाख ऋणात्मक रहेकाले र खुद ब्याज आम्दानी पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेकाले नाफा घट्न पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू.४ करोड ९ लाख ३८ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।
कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ भने जगेडामा रू. १३ करोड १३ लाख ९१ हजार सञ्चित गरेको छ । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि रहेको छ । कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।
यो पनि हेर्नुस् :
चौथो त्रैमासमा उपकार लघुवित्तले उठायो ४९ करोड ७५ लाख खराब कर्जा