इच्छाकामना गाउँपालिकाद्वारा मायाटारमा स्वास्थ्य केन्द्र स्थापना
बिहिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले स्वास्थ्य केन्द्रको नवनिर्मित भवन समुद्घाटन गर्दै सेवा सुभारम्भ गरिएको छ। स्वास्थ्य केन्द्रको शुभारम्भमा एक वृद्धाको स्वास्थ्य जाँच गरिएको थियो।
दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिकाले नागरिकहरूलाई स्वास्थ्य सेवा पुर्याउनका लागि १९ वटै वडाहरूमा स्वास्थ्य केन्द्र स्थापना गरेकाे छ । संघीय सरकारबाट हस्तान्तरण भएर आएका ८ वटा स्वास्थ्य चौकी र उपमहानगरले ११ वटा नगर स्वास्थ्य केन्द्र स्थापना गरेको हाे । तर वडा नम्बर ९ र ५ मा भने स्वास्थ्य केन्द्र अहिले पनि भाडाको घरमा रहेका छन् […]
जनकपुर । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाका नगरक्षेत्रका विभिन्न ११ ओटा वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । नगरवासीको स्वास्थ अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको हो । विस्तार गर्न लागिको शहरी स्वास्थ्य केन्द्रका लागि भवन निर्माणको काम तीव्र रूपमा भइरहेको उपमहानगरपालिकाका इञ्जिनीयर राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार भ्याटसहित कुल चार करोड ४७ लाख २९ हजार रुपैयाँमा ११ ओटै वडाको स्वास्थ्य केन्द्र भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रासस
बाजुराको उत्तर पूर्वी भेगमा पर्ने हिमाली गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाको वडा नं. १ को बामु, वडा नं. ५ को क्युडी र वडा नं. ६ को पाँडीमा...
साविकको स्वास्थ्य चौकी १ नम्बर वडामा परेपछि २ नम्बर वडामा स्वास्थ्य संस्था थिएन। स्वास्थ्य संस्था नभएको वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति अनुसार भवन निर्माण गरिएको हो।
मोतीराम तिमल्सिना, काभ्रे । ‘नागरिकलाई स्वस्थ राख्दै शहरलाई स्वस्थ र आरोग्य बनाउन सबै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरण तथा नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने अभियान निरन्तर जारी छ’–धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो– आरोग्य शहर धुलिखेल नगर बनाउने अभियान स्वरूप अहिले घर घरमा पुगेर नागरिकहरूलाई कस्ता कस्ता रोगहरू छन् […]
कञ्चनपुर : बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शुक्लाफाँटा नगरपालिकाले खोप कार्यक्रम प्रभावकारी बनाउन पहल गरेको छ।खोप लगाउने उमेरका बालबालिका सबैले खोप लगाउन पाउने गरी खोप कार्यक्रम सञ्चालन गरेको छ।नगरपालिकाका १२ वटै वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाटै खोप लगाउने व्यवस्था गरिएको छ।नगरपालिकाका ३ वटा वडामा स्वास्थ्य चौकी, एउटामा शहरी स्वास्थ्य केन्द्र र ८ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित छन्।नगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेपछि&
सल्यान : सल्यानका प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर नहुँदा स्थानीयवासी सेवाबाट बञ्चित भएका छन्।छत्रेश्वरी गाउँपालिका–५ मा र बागचौर नगरपालिका–२ थारमारेमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र दरबन्दीअनुसार डाक्टर छैन।प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखारा तीन वर्षदेखि र थारमारे प्राथमिक स्वास्थ्य केन्द्र सात महिनादेखि डाक्टरविहीन भएका हुन्। डाक्टर नहुँदा दुवै केन्द्र अहेबको भरमा चल्दै आएको छ।छत्रेश्वरीका दामाचौर, झिम्पे र शारदा नगरपालिका–१३ का स्थानीयलाई मध्यनजर गरी लेखपोखरामा प्राथमिक
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभ रूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो । यसै गरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्टर (नगर स्तरीय अस्पताल) सञ्चालनमा ल्याइएकामा २५ श्यया बनाइने भएको छ । विसं २०७४ जेठ १० […]
काठमाण्डाै – काठमाण्डाै उपत्यकाका गरिब तथा असहायहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यसाथ एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ ।
काठमाण्डाै उपत्यकाका गरिब र असहायहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ बनाउनको निम्ति काठमाण्डाैको थापाथलीमा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुद्वारा आँखा, दाँत, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, बाल रोग, छाला तथा यौन रोग सम्बन्धी स्वास्थ्य समस्याको अन्य निजी अस्पताल भन्दा सर्वसुलभ र सस्तो गरी उपच...