सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपालले पूर्वअधिकृतहरुसँग सुझाव लिन थालेको छ । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा …
सीमा सुरक्षा र विपत् व्यवस्थापनको मुख्य जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलले अधिकृत तहका कर्मचारीलाई यससम्बन्धी तालिम अनिवार्य गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएर सशस्त्र प्रहरी तालिम प्रतिष्ठान मातातीर्थमा यससम्बन्धी...
सीमा सुरक्षा, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीलाई जनशक्ति र प्रविधि, हातहतियारलगायतका विषयमा उपेक्षा गरिएको सन्दर्भमा सशस्त्र प्रहरी बललाई बलियो र सशक्त बनाउन के के कस्तो रणनीति बनाउन सकिन्छ भनेर धारणा लिन उनीहरुलाई बो...
सीमा क्षेत्रमा हुने तस्करी रोक्न नसकेको आरोप खेपिरहेको सशस्त्र प्रहरी बलले सीमा सुरक्षा चुस्त बनाउन जनशक्ति थप गर्नुपर्ने वा उत्तर-दक्षिण दुवैतर्फका नाका ‘कभर’ गर्नेगरी सिसी क्यामेरा खरिद गरिदिनुपर्ने प्रस्ताव सरकारसमक्ष राखेको छ।...
काठमाडौं : आचारण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र
सुर्खेतमा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा गस्तीमा हिँडेको रक्तकाली गणबाट गस्तीमा खटिएका सशस्त्र प्रहरीले काठ बरामद गरेका हुन्।...
गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले सोमवार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना,२०७८ मा अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिने उल्लेख गरिएको छ ।
कार्ययोजना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो ।
आकस्मिक सुरक्षाका लागि यी तीन वटै विमानस्थलमा सशस्त्र प्रहरी तैनाथी रहेन पनि कार्ययोजन...
मोरङको विराटनगरसँग जोडिएको भारतीय सीमावर्ती दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनाएको सुरक्षा पोस्ट हटाएको छ ।
विराटनगर–१६ दरैयास्थित दशगजामा एसएसबीले आफूखुशी सुरक्षा पोस्ट बनाएको थियो । पोस्टमा २४ घण्टा नै हतियार सहितका भारतीय सुरक्षाकर्मी बस्ने गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपालको आग्रहपछि १५ दिनअघि निर्माण गरिएको पोस्ट दशगजाबाट एसएसबीले भारतीय भूमितर्फ लगिसकेको मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशीराज दाहालले बताए । २ देशीय सीमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइन...
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि सञ्चालित सि.सं. २ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा फागुन २८ गते आयोजित एक समारोहकाबीच सो तालिमको समापन गर्नुभयो ।
अतिरिक्त महानिरीक्षक केसीले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्नुहुँदै सीमा सुरक्षालाई विशेष महत्व दिँदै आगामी दिनहरु यस किसिमको तालिमलाई अझ परिस्कृत ढंगले लैजाने बताउनुभयो ।
उहाँले प्रशिक्षार्थीहरुले तालिमको दौरान आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गर्नुका साथै आफुभन्दा पछिल्लो पिंढीलाई समेत सिकाउँदै पूर्ण व्यावसायीक तवरले निःस्वार्थ भएर जिम्मेवारीलाई निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुभयो ।
सो तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल सर्वप्रथम हुनुभएको छ ।
करीब ६ हप्ता अवधिको सो तालिममा १३ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १४ जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल २७ जना सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए।