सशस्त्र प्रहरीमा सीमा सुरक्षा र विपत्सम्बन्धी पढाइ सुरु हुँदै

सीमा सुरक्षा र विपत् व्यवस्थापनको मुख्य जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलले अधिकृत तहका कर्मचारीलाई यससम्बन्धी तालिम अनिवार्य गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएर सशस्त्र प्रहरी तालिम प्रतिष्ठान मातातीर्थमा यससम्बन्धी...

सम्बन्धित सामग्री

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

तिंकरमा सशस्त्र प्रहरी बलले स्थापना गर्‍यो सीमा सुरक्षा पोस्ट

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बीओपी स्थापनाका लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति १३ भदौमा त्यसतर्फ पठाइएको थियो ।

सीमा सुरक्षा बलले गर्‍यो सीमा स्तम्भ अनुगमन

सिमकोट – सीमा सुरक्षा बलले चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन गरेको छ। हिल्सास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बीओपी)ले नेपाल–चीन सीमाना टाकुलेस्थित ११ नम्बर सीमा स्तम्भको अनुगमन गरेको हो। उच्च क्षेत्रमा रहेको उक्त सीमा स्तम्भ आसपासको हिउँ पग्लेपछि बीओपीको टोली पुगेको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरसिंह धामीले बताए। […]

नयाँ रणनीति बनाउन पूर्व आइजीपीको साथ खोज्दै सशस्त्र प्रहरी

सीमा सुरक्षा, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीलाई जनशक्ति र प्रविधि, हातहतियारलगायतका विषयमा उपेक्षा गरिएको सन्दर्भमा सशस्त्र प्रहरी बललाई बलियो र सशक्त बनाउन के के कस्तो रणनीति बनाउन सकिन्छ भनेर धारणा लिन उनीहरुलाई बो...

सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा चुस्त पार्न प्रविधि र जनशक्ति माग

सीमा क्षेत्रमा हुने तस्करी रोक्न नसकेको आरोप खेपिरहेको सशस्त्र प्रहरी बलले सीमा सुरक्षा चुस्त बनाउन जनशक्ति थप गर्नुपर्ने वा उत्तर-दक्षिण दुवैतर्फका नाका ‘कभर’ गर्नेगरी सिसी क्यामेरा खरिद गरिदिनुपर्ने प्रस्ताव सरकारसमक्ष राखेको छ।...

सशस्त्रले खोज्यो भारतीय सीमा सुरक्षा बलबाट हराएको बन्दुक

सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनी र बिओपी गोलागंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मंगलबार भारतीय सशस्त्र सीमा सुरक्षा बलबाट हराएको म्यागजीन सहित एसएमजी र त्यसमा प्रयोग हुने गोली खोज्न सफल भएका छन्।...

निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन

निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी खटिएका छन् । निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा विशेष जिम्मेवारी छ । यसबाहेक सीमा सुरक्षा पनि सशस्त्रकै जिम्मेवारीमा...

सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरी बलको बिओपी

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। बिओपीको बुधवार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका छन्।सशस्त्र प्रहरी बल, नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा रहेको बिओपीले सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका जिम्मेवारी सम्हाल्ने बताइएको छ।उक्त बिओपी जिल्लाको सदरमुकामदेखि करिब ११४ किलोमिटरको दूरीमा नेपाल चीन सीमा नाकामा रहेको छ। उक्त बिओपीमा सशस्त्र प्

नयाँ दिल्लीमा सीमा सुरक्षा बैठक सुरु

काठमाडौँ। नेपाल–भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँ दिल्लीमा हिजो (मङ्गलबार) बाट सुरु भएको छ । नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बैठकमा नेतृत्व गरिरहेका छन् भने भारत सरकारका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रले गरिरहेका छन् । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन महानिरीक्षक खनाल गत सोमबार नयाँ […]

सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा सशस्त्र डीएसपी लम्साल सर्वोत्कृष्ट

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि सञ्चालित सि.सं. २ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा फागुन २८ गते आयोजित एक समारोहकाबीच सो तालिमको समापन गर्नुभयो । अतिरिक्त महानिरीक्षक केसीले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्नुहुँदै सीमा सुरक्षालाई विशेष महत्व दिँदै आगामी दिनहरु यस किसिमको तालिमलाई अझ परिस्कृत ढंगले लैजाने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमको दौरान आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गर्नुका साथै आफुभन्दा पछिल्लो पिंढीलाई समेत सिकाउँदै पूर्ण व्यावसायीक तवरले निःस्वार्थ भएर जिम्मेवारीलाई निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुभयो । सो तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल सर्वप्रथम हुनुभएको छ । करीब ६ हप्ता अवधिको सो तालिममा १३ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १४ जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल २७ जना सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए।