९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल सक्षम रहेको बताएका छन् । सशहस्त्र प्रहरी बल नेपालको २१औँ स्थापना दिवस समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकामा प्रशंसा पनि गरे । प्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा सङ्कट आउँदा, असमान्य […]