सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा सशस्त्र डीएसपी लम्साल सर्वोत्कृष्ट

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि सञ्चालित सि.सं. २ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा फागुन २८ गते आयोजित एक समारोहकाबीच सो तालिमको समापन गर्नुभयो । अतिरिक्त महानिरीक्षक केसीले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्नुहुँदै सीमा सुरक्षालाई विशेष महत्व दिँदै आगामी दिनहरु यस किसिमको तालिमलाई अझ परिस्कृत ढंगले लैजाने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमको दौरान आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गर्नुका साथै आफुभन्दा पछिल्लो पिंढीलाई समेत सिकाउँदै पूर्ण व्यावसायीक तवरले निःस्वार्थ भएर जिम्मेवारीलाई निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुभयो । सो तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल सर्वप्रथम हुनुभएको छ । करीब ६ हप्ता अवधिको सो तालिममा १३ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १४ जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल २७ जना सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए।

सम्बन्धित सामग्री

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

सीमा सुरक्षा बलले गर्‍यो सीमा स्तम्भ अनुगमन

सिमकोट – सीमा सुरक्षा बलले चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन गरेको छ। हिल्सास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बीओपी)ले नेपाल–चीन सीमाना टाकुलेस्थित ११ नम्बर सीमा स्तम्भको अनुगमन गरेको हो। उच्च क्षेत्रमा रहेको उक्त सीमा स्तम्भ आसपासको हिउँ पग्लेपछि बीओपीको टोली पुगेको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरसिंह धामीले बताए। […]

सशस्त्र प्रहरीमा सीमा सुरक्षा र विपत्सम्बन्धी पढाइ सुरु हुँदै

सीमा सुरक्षा र विपत् व्यवस्थापनको मुख्य जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलले अधिकृत तहका कर्मचारीलाई यससम्बन्धी तालिम अनिवार्य गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएर सशस्त्र प्रहरी तालिम प्रतिष्ठान मातातीर्थमा यससम्बन्धी...

हिउँमा गस्ती गर्दै हिल्साको सीमा–सुरक्षा चौकीका सुरक्षाकर्मी

सिमकोट – नेपाल र चीनको सिमाना हिल्सामा सीमा सुरक्षाका लागि खटिँदै आएका सीमा सुरक्षा चौकीका ( बिओपी) सुरक्षाकर्मी हिउँमा पनि आफ्नो नियमित गस्ती कार्य गर्दै आएका हो। नियमित रूपमा सीमास्तम्भहरूको अनुगमन गर्नुपर्ने भएकाले चिसोमा पनि सुरक्षाकर्मी दैनिक रुपमा अनुगमनमा निस्कने गरेका हुन्। बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले हिमपातमा पनि चौकीका सुरक्षाकर्मी दैनिक […]

एसएसबी प्रमुख काठमाडाैंमा, दुई देशका सीमा सुरक्षा बलबीच बैठक सुरु हुँदै

बैठकमा सीमा सुरक्षा रणनीतिका साथै सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षा लागयतका विषयमा छलफल हुने बताइएको छ ।

सीमा सुरक्षा तथा व्यवस्थापनमा समन्वयको खाँचो रहेको प्रधानसेनापति शर्माको भनाइ

काठमाडौँ- नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनका सन्दर्भमा विभिन्न मन्त्रालय र विभाग तथा सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको छ । नेपाली सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयले नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढ तुल्याउँदै समन्वयका क्षेत्र पहिचान गरी कार्यान्वयनमा सहजता ल्याउने उद्देश्यका साथ दुई दिने सीमा सुरक्षासम्बन्धी गोष्ठी आयोजना गरेको हो । गोष्ठीको आज […]

जंगी अड्डामा सीमा सुरक्षा र व्यवस्थापनबारे सेमिनार

नेपाली सेनाले नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनबारे जंगी अड्डामा दुई दिने (बुधबार र बिहीबार) सेमिनार आयोजना गरेको छ। नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु...

भारतमा सीमा सुरक्षा फौजका जवानले ४ सहकर्मीको हत्या गरेपछि…

एजेन्सी, २२ फागुन । भारतमा सीमा सुरक्षा फौजका जवानले आफ्ना ४ साथीहरुको हत्या गरी आत्महत्या गरेका छन् । पञ्जाबको अमृतसरस्थित फौजको खासा मुख्यालयमा आइतबार विहान उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यमले प्रहरीको भनाई उदृत गर्दै घटनाको पुष्टि गरेको हो । घटनामा एकजना जवान घाइते भई अस्पतालमा उपचाररत छन् । घटनाका मुख्य अभियुक्त सीमा सुरक्षा […]

चीनले बनायो सीमा सुरक्षा सम्बन्धी कानून, नयाँ वर्षदेखि लागू हुने

८ कात्तिक, काठमाडौं । चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानून पारित गरेको छ । नयाँ कानून सन् २०२२ को जनवरी १ देखि लागू हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि कानून बनाएको यो पहिलो पटक हो । चीनको २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको […]

नयाँ दिल्लीमा सीमा सुरक्षा बैठक सुरु

काठमाडौँ। नेपाल–भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँ दिल्लीमा हिजो (मङ्गलबार) बाट सुरु भएको छ । नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बैठकमा नेतृत्व गरिरहेका छन् भने भारत सरकारका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रले गरिरहेका छन् । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन महानिरीक्षक खनाल गत सोमबार नयाँ […]