तालिबान र प्रतिकार लडाकूबीच पंजशिरमा भीषण भिडन्त जारी

तालिबान लडाकू तथा तिनलाई प्रतिकार गरिरहेका लडाकूहरूबीच अफगानिस्तानको पंजशिरको प्रवेशद्वार गुलबहारमा भीषण भिडन्त भइरहेको छ ।  यसैबीच गुलबहार रोडलाई पंजशिरसँग जोड्ने एक पुललाई तालिबानले विस्फोट गरेर उडाइदिएको खबर स्वतन्त्र पत्रकार नातिक मलिकजादाले दिएका छन् ।  सोमवार राति पंजशिर उपत्यकामा भएको भिडन्तमा आठजना तालिबान लडाकू मारिएको खबर आएपछि तालिबानले पुल उडाएको हो ।  प्रतिकार आन्दोलनका अगुवा अहमद मसूदका प्रवक्ता फाहिम दश्तीका अनुसार, तालिबानले सोमवार पंजशिरमा लडाइँ शुरू गरेका हुन् । दुवै पक्ष...

सम्बन्धित सामग्री

पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दावी

एजेन्सी- अफगानिस्तानको पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् । विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो । तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका […]

पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दावी

अफगानिस्तानको पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् ।     विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा दोहोरो भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो ।     तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दाबी

तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने सो दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको बताइरहेका छन् ।

पंजशिर नियन्त्रणमा लिएको भन्दै तालिबानले खुशियालीमा गोली चलाउँदा १७ जनाको मृत्यु

तालिबान लडाकूहरूले काबुलभन्दा उत्तरतर्फ रहेको पंजशिर उपत्यकामा नियन्त्रणका लागि भीषण लडाइँ लडिरहेको छ ।  आफूले पंजशिर कब्जा गरेको दाबी तालिबानले गरे पनि प्रतिकार समूहले त्यसलाई खण्डन गरेको छ ।  पंजशिर कब्जामा आएको खबर सार्वजनिक भएपछि काबुलमा शुक्रवार गोली चलाएर खुशियाली मनाइएको थियो । त्यसक्रममा १७ जना मारिएको र ४१ जना घाइते भएको बताइएको छ ।

पंजशिरका लडाकूको दाबी, आक्रमणमा मारिए ६०० जना तालिबान लडाकू

तालिबानले अफगानिस्तानका सबै प्रान्तमा विजय हासिल गरिसकेको भए पनि पंजशिर नियन्त्रणमा लिन सकेको छैन ।  त्यसलाई पनि कब्जामा पार्नका लागि तालिबानले आक्रमण गरिरहेको छ । शनिवार तालिबानका ६०० जना लडाकूलाई मारेको अफगान प्रतिकार बलहरूले बताएका छन् ।  ‘लगभग ६०० जना तालिबान आतंकवादीहरूलाई पंजशिरका विभिन्न जिल्लामा सफाया गरिएको छ । एक हजारभन्दा बढी तालिबान लडाकूहरूलाई नियन्त्रणमा लिइएको अनि कतिपयले आत्मसमर्पण गरेका छन्,’ प्रतिकार बलका प्रवक्ता फाहिम दश्तीले बताए ।  तालिबानले अन्य प्रान्तबाट आपू...

तालिबानले पंजशिर प्रतिकार समूहका ३४ लडाकू मारेको प्रवक्ताले गरे दाबी

तालिबानका विरुद्ध पंजशिरमा प्रतिकार गरिरहेको समूहका ३४ जना लडाकूलाई आफूहरूले मारेको अनि ११ वटा चेकपोइन्ट पनि कब्जामा लिएको तालिबान प्रवक्ताले दाबी गरेका छन् ।  बिहीवा अफगास्तिानमा नयाँ सरकार घोषणा हुने सम्भावनाका बीच पंजशिरमा भिडन्त चर्किएको हो ।  प्रतिकार समूहलाई अहमद मसूदले नेतृत्व गरिरहेका छन् । उनीसँगको वार्ता विफल भएपछि तालिबान र प्रतिकार समूहबीच भिडन्त चर्किएको छ । आफूहरू अन्तिम सास रहुन्जेल लडिरहने प्रतिकार समूहले बताएका छन् । तालिबानले प्रतिकार समूहलाई सरकारमा एक वा दुई सीट दिने भने पन...

तालिबान अझै पुग्न नसकेको पंजशिरको रहस्यः काबुलबाट १५० किमी उत्तरमा के छ खास ?

अफगानिस्तानका सबै भागमा तालिबानले कब्जा गरिसकेको छ तर एउटा प्रान्त अझै पनि उसको नियन्त्रणमा आएको छैन ।  काबुलबाट १५० किलोमिटर उत्तरमा रहेको पंजशिर प्रान्त, विशेषगरी पंजशिर उपत्यकामा तालिबानविरोधी समूहको पकड कायम छ । उक्त समूहले तालिबानसँग वार्ता गर्ने तर वार्ता सफल नभएमा अन्तिम सास रहुन्जेल हिंस्रक प्रतिकार गर्ने बताएको छ ।  नेसनल रेजिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) नामक यस तालिबानविरोधी समूहले आफूसँग हजारौं लडाकूहरू रहेको र तिनले तालिबानको कुनै पनि आक्रामकतालाई नसहने बताएको छ ।  उता ता...

तालिबानको कब्जापछि अफगानिस्तानको  खेल क्षेत्र के हुन्छ भन्ने अन्यौल

दुई दशकपछि विद्रोही समूह तालिबानले अफगानिस्तानमाथि पुनः कब्जा जमायो । तालिबानविरुद्ध प्रतिकार गर्न नसक्दा राष्ट्रपति असरफ घानी युएईको शरण लिन पुगे । तालिबान पुनः शक्तिमा आएपछि अफगानिस्तानको सबै क्षेत्रमा अन्यौल छाएको छ...

अफगानिस्तानकी पहिलो महिला गभर्नरलाई तालिबानले नियन्त्रणमा लिएको दाबी

अफगानिस्तानको पहिलो महिला गभर्नर सलीमा मजारीलाई तालिबान लडाकूहरूले नियन्त्रणमा लिएको बताइएको छ ।  देशको बाल्ख प्रान्तमा तालिबानको सशक्त प्रतिकार गरिरहेकी मजारी कुन स्थितिमा छिन् भन्ने बारेमा कुनै खबर आएको छैन ।  तालिबानले मजारीलाई चारकिन्ट जिल्लामा नियन्त्रणमा लिएको बताइएको छ । अफगानिस्तानमा तालिबानले एकपछि अर्को गरी विजय पाउँदा अरूले सजिलै आत्मसमर्पण गरेको भए पनि मजारीले हार नमानी लडिरहेको बताइएको छ ।  पितृसत्तात्मक अफगानिस्तानमा महिला जिल्ला गभर्नरका रूपमा सलीमा मजारी मिसनमा थिइन् । उनी तालिब...

जलालाबाद पनि तालिबानको कब्जामा, प्रमुख सहरमा काबुलमात्र अफगानी फौजको नियन्त्रणमा

एजेन्सी। तालिबान लडाकुले अफगानिस्तानको अर्को ठूलो सहर जलालाबादलाई कब्जामा लिएका छन्। शनिबार मात्र तालिबानले मजार–ए–शरिफलाई कब्जामा लिएका थिए। जलालाबाद नागरहार प्रान्तको राजधानी हो। अफगानिस्तानका प्रमुख सहरमध्ये अब राजधानी काबुल मात्र अफगान सुरक्षा फौजको नियन्त्रणमा रहेको बताइएको छ। जलालाबादमा सरकारी सुरक्षा फौजले कुनै प्रतिकार नगरी तालिबानलाई छोडिदिएका थिए। तालिबान लडाकुहरु चारै तिरबाट काबुललाई घेर्दै अघि बढेका छन्।