अफगानिस्तानको पहिलो महिला गभर्नर सलीमा मजारीलाई तालिबान लडाकूहरूले नियन्त्रणमा लिएको बताइएको छ ।
देशको बाल्ख प्रान्तमा तालिबानको सशक्त प्रतिकार गरिरहेकी मजारी कुन स्थितिमा छिन् भन्ने बारेमा कुनै खबर आएको छैन ।
तालिबानले मजारीलाई चारकिन्ट जिल्लामा नियन्त्रणमा लिएको बताइएको छ । अफगानिस्तानमा तालिबानले एकपछि अर्को गरी विजय पाउँदा अरूले सजिलै आत्मसमर्पण गरेको भए पनि मजारीले हार नमानी लडिरहेको बताइएको छ ।
पितृसत्तात्मक अफगानिस्तानमा महिला जिल्ला गभर्नरका रूपमा सलीमा मजारी मिसनमा थिइन् । उनी तालिब...