तालिबान लडाकूहरूले काबुलभन्दा उत्तरतर्फ रहेको पंजशिर उपत्यकामा नियन्त्रणका लागि भीषण लडाइँ लडिरहेको छ ।
आफूले पंजशिर कब्जा गरेको दाबी तालिबानले गरे पनि प्रतिकार समूहले त्यसलाई खण्डन गरेको छ ।
पंजशिर कब्जामा आएको खबर सार्वजनिक भएपछि काबुलमा शुक्रवार गोली चलाएर खुशियाली मनाइएको थियो । त्यसक्रममा १७ जना मारिएको र ४१ जना घाइते भएको बताइएको छ ।