लाभांश र हकप्रद प्रस्ताव गर्दै नेशनल हाइड्रोपावरको साधारणसभा आह्वान

नेशनल हाइड्रोपावरले लाभांश र हकप्रद प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ३० गते सोमबार अनलाइन मार्फत साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने शेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता शेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १:०.२५ को स्वापमा गाभ्न लागेको हो । कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

सम्बन्धित सामग्री

मेडिकेयर हस्पिटलले आईपिओ निष्काशन गर्ने, ३०.७४ प्रतिशत लाभांश प्रस्ताव

मेडिकेयर हस्पिटल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्कासन गर्ने प्रस्ताव सहित असोज २२ गते शनिवार साधारणसभा आह्वान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ९० प्रतिशत हकप्रद जारी गर्ने र त्यसपछि कायम पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणलाई जारि गर्ने प्रस्ताव सभामा लैजान लागेको हो । कम्पनीको सभामा आईपिओ निष्काशन गर्नको लागि नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र थप संशोधन गर्नु परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।त्यस्तै सभामा लाभांश प्रस्ताव पेश हुने छ । संचालक समितिको सिफारिस बमोजिम २०७९ साल आषाढ मसान्तमा समाप्त भएको आर्थिक बर्षको मुनाफा रकमबाट कम्पनीको चुक्ता पूँजीको कर सहित १०.५२६३ (दश दशमलव पाँच दुइ छ तीन) प्रतिशतका दरले शेयरधनीलाई नगद लाभांश तथा हालको चुक्ता पूँजीको २०.२२६८ (बीस दशमलव दुइ दुइ छ आठ) प्रतिशत बोनस शेयर जारी गर्ने र उक्त जारी गर्दा शेयरधनीले तिर्नुपर्ने कर शेयरधनीको तर्फबाट अस्पतालले व्यहोर्ने गरी बोनस शेयर वितरण गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने छ  । कम्पनीको शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकहरुको निर्वाचन गर्ने तथा वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुने छन् ।कम्पनीले चाबहिलमा रहेको हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

अपर तामाकोशीको साधारणसभा आज, यस्ता छन् हकप्रद निष्काशन सहितका १० प्रस्ताव

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आज भदौ ३ गते साधारणसभा गर्दै छ। कम्पनीले शुक्रबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  सभा आह्वान गरेको हो । सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव [पेश हुने छन् । कम्पनीको संचालक समितिको असार ३० गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् सभामा पेश हुने प्रस्ताव: सामान्य प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।२. लेखापरीक्षणको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानहिसाव र नगद प्रवाह सहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने ।३. लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधानअनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावपारित गर्ने ।४. कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह-'ख' अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जनामहिला सहित ४ जना सञ्चालकहरूको निर्वाचन/मनोनयन वा नियुक्त गर्ने ।५. विविध ।विशेष प्रस्ताव१. कम्पनीको पूँजि बृद्धिको लागि प्रबन्धपत्रमा संशोधन गर्ने र विद्यमान चुक्ता पूँजिको आधारमा १:१ को अनुपातमा हकप्रद शेयर जारी गरी पूँजि संकलन गर्नेसम्बन्धमा।२. प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरूमा नियमन निकायहरूको निर्देशनमा परिमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।३. आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसारआ.व.२०७७/७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने सम्बन्धमा ।४. सञ्चालक समितिको बैठक भत्ता सम्बन्धमा ।५. विविध ।

हिमाल दोलखा हाइड्रोले हकप्रद निष्काशन गर्ने, साधारणसभा आह्वान

हिमाल दोलखा हाइड्रोले साधारणसभा आह्वान गरेको छ । कम्पनीले एक साथ १३ औ र १४ औ साधारणसभा आह्वान गरेको हो । कम्पनीले भदौ ३ गते नक्सालको लिसारा हालमा सभा आह्वान गरेको हो ।सभामा हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले  हाल कायम भएको चुक्ता पुंजि  एक अर्ब साठी करोडको १:०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु : क) साधारण प्रस्तावहरु : १) सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.ब. २०७६/०७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। २) लेखा परिक्षकको प्रतिवेदन सहितको आ.ब. २०७४/०७७ र २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने । ३) आ.ब. २०७४/०७५ को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने । ४ कम्पनीको संस्थापक शेयरधनीहरको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको नियुक्ती गर्ने । ख) विशेष प्रस्तावहरु : (१) कम्पनीको हाल कायम भएको चुक्ता पुंजि रु.१,६००,०००,०००/-(एक अर्ब साठी करोड मात्र) को ७५ प्रतिशत अर्थात (१:०.७५को अनुपात हकप्रद शेयर जारी गर्ने वारे ।(२) हकप्रद शेयर जारी पश्चात कायम हुने अधिकृत पुजि रु.२.८००,०००,000/- दुइ अर्ब असी करोड मात्र) र जारी तथा चुक्ता पुँजि रु.२,८००,०००,०००/-(दह अर्ब असी करोड मात्र) अनुरूप हुने गरी कम्पनीको प्रबन्धपत्र को दफा ६का, ख) मा संसोधन गर्ने बारे।(३) कम्पनीको हाल कायम भएको प्रबन्धपत्र को दफा ६.घ। र ७ (क) नियमावलीको नियम १८(६,१९ (७),२०,२३ (१) र २७१क) मा संसोधनगर्ने बारे।

राधी विद्युतको साधारणसभा आह्वान, छैन लाभांश प्रस्ताव

राधी विद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को आह्वान गरेको हो । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।कम्पनीले हकप्रद निष्काशनको पनि तयारी गरिरहेको छ । कम्पनीले हकप्रद निष्कासन अनुमै माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरिसकेको छ। आयोगले आयोगले तोकेका शर्त पालना हुने गरि हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

नेपाल फाइनान्सको साधारणसभा आह्वान, मर्जर तथा प्राप्तिको प्रस्ताव

नेपाल फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख ३ गते होटेल एल्लो प्यागोडामा सभा आह्वान गरेको हो ।कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।   कम्पनीले हालै मात्र नेपाल धितोपत्र बोर्डबाट १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :क) साधारण प्रस्तावहरु : १. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरी पारितगर्ने। २. लेखापरिक्षण प्रतिवेदन सहितको आ.ब.०७७/७८ को वासलात, २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण (संलग्न अनुसूचीहरु सहित) को छलफल गरी पारित गर्ने।३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने। ४. संस्थाको नियमावली अनुसार संस्थापक शेयरधनीहरुको तर्फवाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ४ (चार) र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ (एक) को निर्वाचन गर्ने । (ख) विशेष प्रस्तावहरु : १. संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा संस्थाको चल-अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन (Due Diligence Audit-DDA) गर्ने मान्यता प्राप्त मुल्याङ्कनकता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगाएतका गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

कोरम नपुगेपछि नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

गणपुरक संख्या (कोरम) नपुगेपछि नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित भएको छ । कम्पनीले आज फागुन ३० गते साधारणसभा आह्वान गरेको थियो ।  तर कोरम नपुगेपछि सभा स्थगित भएको हो ।  कम्पनीले आज साँझ नै संचालक समितिको बैठक बसेर साधारणसभाको नयाँ मिति तय गरिने र सूचना जारि गर्ने जनाएको छ ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने शेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता शेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १:०.२५ को स्वापमा गाभ्न लागेको हो । कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बरुण हाइड्रोको साधारणसभा आह्वान , हकप्रदलाई निरन्तरता दिने प्रस्ताव

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड Barun Hydropower Company  ले साधारणसभा आह्वान गरेको छ ।कम्पनीले पुस २९ गते बिहिबार अनामनगर स्थित आफ्नै रजिष्टर्ड कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने आ.व २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने , आ.व.२०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने , आ. व.२०७८/०७९ को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवंम निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।  २०७३ आषाढ २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुने छ।बरुण हाइड्रोको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। तर अहिलेसम्म कम्पनी हकप्रद निष्काशन गरेको छैन । कम्पनीले यस अघि नै हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो । हाल कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएको हो । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक भने चयन गरिसकेको छ  । कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौंलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, हकप्रद पनि प्रस्ताव

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

राधी विद्युत्को साधारणसभा असार २९ मा

राधी विद्युत् कम्पनीले असार २९ गते वार्षिक साधारणसभा बोलाएको छ । कोभिड जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । विगतका वर्षमा १०.६० प्रतिशतसम्म लाभांश वितरण गरेको कम्पनीले […]