अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, हकप्रद पनि प्रस्ताव

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

सम्बन्धित सामग्री

अरुण भ्याली हाइड्रोपावरले यस वर्ष लाभांश नदिने

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीले यस वर्ष लाभांश प्रस्ताव विनानै वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चाल समितिको बैठकले पुस २९ गते इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै कम्पनीको चुक्तापूँजी बृद्धि गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एकदिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

अरुण भ्याली हाइड्रोपावरसहित ३ ओटा कम्पनीको साधारण सभा आइतवार

असोज २२, काठमाडौं । अरुण भ्याली हाइड्रोपावरसहित ३ ओटा कम्पनीको साधारण सभा आइतवार हुने भएको छ ।  उक्त दिन अरुण भ्याली हाइड्रोपावर,सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले साधारण सभा आयोजना गरेका हुन् । अरुण भ्याली हाइड्रोपावरले कम्पनीको सभाकक्ष थापाथलीमा बिहान ११ बजे गर्दैछ ।  कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असोज ११ गते देखि १४ गते सम्म बन्द गरिसकेकोले असोज १० गते आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  सभाले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सेञ्चुरी क्यापिटल मार्केट्सले पाँचौं वार्षिक साधारण सभा आर्यतारा भवन, काठमाडौंमा बिहान ११ बजे हुने बताएको छ । सभाले ६ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले लक्ष्मी बैंक हात्तिसारमा बिहान ११ गर्ने जानकारी गराएको छ । सभाले सभाले आव २०७७/ ७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई रू. ४ करोड ५ लाख नगद लाभांश (कर सहित) लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

असोज ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५२३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ५७५ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ ।

अरुण भ्याली हाइड्रोको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५२३ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५७५ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ११ मा बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ ।

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असोज १०, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका सोमवार अर्थात् असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ ।

अरुण भ्याली हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company को लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ ।

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

असोज ८, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार असोज १० गतेसम्म रहेको छ ।  कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज १० गते आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा बिहान ११ बजे थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।

अरुण भ्याली हाइड्रोपावर र अरुण काबेलीको शेयरमूल्यमा सर्किट

भदौ २, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको १० मिनेटमै दुई ओटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिमा अरुण भ्याली हाइड्रोपावर र अरुण काबेली पावरको शेयरमूल्यमा सर्किट लागेको हो । यी दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिसम्ममा अरुण भ्यालीको शेयरमूल्य प्रतिकित्ता रू. ६९० दशमलव ८० र अरुण काबेलीको रू. ८०२ दशमलव २०मा कारोबार भइरहेकोे छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अरुण काबेली बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । उक्त कम्पनीले १७ प्रतिशत बोनस शेयर पश्चात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।