कोरम नपुगेपछि नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

गणपुरक संख्या (कोरम) नपुगेपछि नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित भएको छ । कम्पनीले आज फागुन ३० गते साधारणसभा आह्वान गरेको थियो ।  तर कोरम नपुगेपछि सभा स्थगित भएको हो ।  कम्पनीले आज साँझ नै संचालक समितिको बैठक बसेर साधारणसभाको नयाँ मिति तय गरिने र सूचना जारि गर्ने जनाएको छ ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने शेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता शेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १:०.२५ को स्वापमा गाभ्न लागेको हो । कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।