इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी युरोपा लिगको समूहगत चरणबाटै बाहिरिएको छ। बिहीबार राति नापोलीसँग ३-२ गोलले पराजित भएपछि लेस्टरको अप्रत्यासित बहिर्गमन भएको हो। नापोलीसँग भिड्नुअघि लेस्टर समूहको शीर्षस्थानमा थियो। तर पछिल्लो हारपछि समूहको तेस्रो स्थानमा रहेर बाहिरिएको हो। ६ खेलबाट १० अंक भएको स्पार्टक मस्को शीर्षस्थानमा रह्यो भने समान अंक भएको नापोली दोस्रो स्थानमा […]