काठमाण्डाै – भारतको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले आज आइतवार विज्ञप्ति निकालेर नेपालको प्रचलित कानुनले सञ्चार माध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतीय याेगगुरु बाबा रामदेवको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लङ्घन भएको बताउनुभएको छ ।दर्ता प्रक्रियासमेत पूरा नगरि टेलिभिजन सञ्चालन...