ताप्लेजुङ, ११ बैशाख । ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका प्रमुख लेखा पनेरु महतलाई १ लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो । महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको आरोपमा उनी पक्राउ परेको जनाएको छ।