निरन्तर पानी परिरहँदा ताप्लेजुङ अन्धकार

ताप्लेजुङ – निरन्तर पानी परिरहँदा तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो । गएकाे आइतवारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली नभएपछि सोमवारदेखि मोबाइल सेवासमेत बन्द भएको छ । ल्यान्ड लाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवराेध भएको छ । साथै बिजुली नहुँदा स्थानीय सञ्चार माध्यमसम...

सम्बन्धित सामग्री

ताप्लेजुङमा चार दिनपछि विद्युत आपूर्ति

चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा विद्युत आपूर्ति सुचारु भएको छ। शनिबार रातिदेखि अवरुद्ध बनेको विद्युत सेवा मङ्गलबार दिउँसो ४ः४० बजेपछिबाट सुचारु भएको हो।

बाढीले बिजुलीको टावर बगाएपछि तीन जिल्ला अन्धकार

बाढीले प्रसारण लाइनको खम्बा बगाइदिएपछि इलाम, पाँचथर र ताप्लेजुङ तीन दिनयता अन्धकार छन् । पाडाजुँगी–गोदक १३२ केभिए प्रसारण लाइनअन्तर्गत महमाईमा रहेको ५१ नम्बरको टावर बाढीले क्षतिग्रस्त बनाएपछि शनिबारयता तीनै जिल्लाको विद्युत् सेवा ठप्प छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

फिक्कल । गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन् । विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम […]

बाढीले दुई वटा विद्युतगृह बगाएपछि ताप्लेजुङको याम्फुदिनमा अन्धकार

ताप्लेजुङ - वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रवार अस्ति राति परेको वर्षासँगै आएकाे बाढीले दुई वटा विद्युतगृह बगाएपछि याम्फुदिन पूरै अन्धकार भएको हो । तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस (विद्युतगृह) बाढीले बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो । गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको विद्युतगृहमा समेत क्षति पुगेकाले अह...

अनकन्टार भिरमा हिमपात सहेर शव रुँघ्दै सुरक्षाकर्मी

ताप्लेजुङ । ‘अन्धकार भिरमा आगो बालेर बसिरहेका छौं, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न...