ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा 'ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव' शुरु भएको छ । महोत्सवको पहिलो दिन सदरमुकाम फुङलिङ तोक्मडाँडाबाट सुरु भएको कलशयात्रा सिद्धिडाँडास्थित चण्डेश्वर धाम पुगेर टुङ्गिने छ ।
विभिन्न समूह, संस्था, विद्यालय र सर्वसाधारणले उत्साहजनकरुपमा कलशयात्रामा सहभागिता जनाएका छन् । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक अध्यक्ष तारानाथ घिमिरेले कलशयात्रामा सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्नुभयो । यस्तै पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेब...