ताप्लेजुङ बजारमा नगरपालिकाले डोजर चलायाे

ताप्लेजुङ – ताप्लेजुङकाे फुङलिङ नगरपालिकाले ताप्लेजुङ बजार क्षेत्रका अनधिकृत संरचना हटाउन डाेजर चलाएकाे छ । नगरपालिकाले ताप्लेजुङ बजारमा पर्ने मेची राजमार्गकाे दायाँ–बायाँका अनधिकृत संरचना हटाउन पटक–पटक सूचना निकालेर आग्रह गरेकाे थियाे । सूचना दिँदा पनि अटेरी गरेपछि नगरपालिकाले आज मङ्गलवार अनधिकृत संरचना आफैँ हटाउन थालेकाे हाे । नगरपालिकाका मेयर अमिर मादेनले सडक डिभिजन कार्यालय इलामको समन्वयमा नगरपालिकाले मेची राजमार्गकाे सडकबाट दायाँ–बायाँ साढे सात मिटरभित्र पर्ने स...