म्यानमारकी नेतृ आङ सान सुकीले आफूलाई भ्रष्टाचार अभियोगमा सुनाइएको सजाय पुनर्विचार गर्न गरेको अपिल त्यहाँको अदालतले खारेज गरेको छ ।
म्यानमारको सैन्य सरकारसँग निकट अदालतले सुकीले गरेको अपिललाई अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ । यसअघि भ्रष्टाचारको आरोपमा सुनाइएको पाँच वर्षको सजाय विरुद्ध नेत्री सुकीले अपिल गर्नुभएको थियो ।
७६ वर्षीया सुकीलाई यसअघि नै ६ वर्षको जेल सजाय सुनाइसकिएको छ । उहाँले कोभिड–१९ नियम उल्लङ्घन गरेको, सैन्य सरकारविरुद्ध नागरिकलाई उक्साएको, देशको गोपनियता भङ्ग गरेको,...