राप्रपाले कमल थापालाई भन्याे– ‘पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्नुस्’

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । थापाले आज मङ्गलवार पार्टीबाट अलग भएको घोषणा गरेलगत्तै बसेको राप्रपाकाे बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले निकाल्नुभएको विज्ञप्तिमा थापालाई आफ्नो निर्णयप्रति पुनर्विचार गर्न आग्रह गर्दै पार्टी सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको उल्लेख छ । ‘राप्रपाकाे एकता महाधिवेशनपछि पार्टीकाे लाेकप्रियतामा वृ...

सम्बन्धित सामग्री

राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुनसक्छ : कमल थापा

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा राप्रपासँग सहकार्य हुनसक्ने बताउनुभएको छ । आइतबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदे अध्यक्ष थापाले यस्तो बताउनु भएको हो । कांग्रेस, एमाले, माओवादीसँग त सहकार्य गर्न सक्छौं भने राप्रपासँग किन सहकार्य गर्न नसक्ने भन्दै उहाँले राप्रपालाई सहकार्य र एकताका लागि […]

राजसंस्थाको एजेन्डा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुन्छ : कमल थापा

२२ जेठ, विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने  बताएका हुन् । ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य […]

राप्रपाले भन्यो – नागरिकता अध्यादेशमा सरकारको बदनियत प्रमाणित हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता अध्यादेशमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सुझावलाई उपेक्षा गर्नुले सरकारको बदनियत प्रमाणित भएको जनाएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले संयुक्त वक्तव्य जारी गर्दै नागरिकता समस्या समाधानका लागि सर्वपक्षीय सहमति गर्नुपर्ने बताएका छन् । राष्ट्रिय हितविपरीतका प्रावधान राखेर जारी गरिएको अध्यादेशबारे पुनर्विचार गर्न समेत राप्रपाले सरकारलाई सुझाव दिएको छ ।