नेपाल क्रिकेट संघ (क्यान) को कारवाहीमा परेका ४ खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारवाही पुनर्विचार गर्न आग्रह गरे ।
४ खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने बताएका छन् ।
पूर्व कप्तान मल्लले आफूहरू संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न प...