मालभोग केरा पाकेर लगभग बिक्री भइसकेका छन् । हरियो जातका विलियम हाइब्रिड र जी-नाइन केरा बिक्री हुन सुरु भएको छ । बजारको व्यवस्थापन र नयाँ बिरुवा लगाउने व्यस्त समयमा पनि चितवनका केरा किसान बारी छाडेर शनिबार काठमाडौं लागे । गएको जेठमा चितवनमा आएको हावाहुरीले केरामा ठूलो नोक्सान गर्यो ।