नर्विचका प्रशिक्षकद्वारा सम्झौता नवीकरण

 प्रिमियर लिग क्लब नर्विच सिटीका मुख्य प्रशिक्षक डानियल फार्कले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । जर्मन प्रशिक्षकले बुधबार क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । प्रशिक्षक डानियलले थप ४ वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् । ४४ वर्षीय प्रशिक्षक डानियल सन् २०२५ सम्म नर्विचमा रहने छन् ।

सम्बन्धित सामग्री

संकटाका पाँच खेलाडीले गरे सम्झौता नवीकरण

१२ माघ, काठमाडौं । ए डिभिजन क्लब संकटाले पाँच खेलाडीसँग सम्झौता नवीकरण गरेको छ । संकटाले अनुभवी खेलाडी रवि सिलवाल र सरोज दाहालसँगै पाँच खेलाडीले सम्झौता नवीकरण गरेको बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । रवि, सरोजसँगै रोशन पहारी, दिपेन्द्र विक र गणेश हमालले सम्झौता नवीकरणमा हस्ताक्षर गरेका हुन् । नयाँ सिजनको शहिद स्मारक ए […]

बेन्जिमाद्वारा रियलमा सम्झौता नवीकरण

फ्रेन्च फरवार्ड करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् ।बेन्जिमाले सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गरेको दी मिरोरले जनाएको छ । बेन्जिमाको क्लबसँग सन् २०२३ सम्मको सम्झौता थियो । सन् २००९ मा रियल मड्रिडमा आएका बेन्जिमाले गत सिजन क्लबलाई ला लिगा रच्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । ३४ वर्षीय बेन्जिमा सन् २०२२ को बालोन डी‘ओरको मनोनयनमा समेत परेका छन् । बेन्जिमाले रियलका लागि ४ सय १७ ला लिगा खेलमा २ सय २० गोल गरेका छन् ।

डेम्बेलेले बार्सिलोनामा गरे सम्झौता नवीकरण

फ्रेन्च फरवार्ड ओसमाने डेम्बेलेले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन् । बार्सिलोनाले बिहीबार फ्रेन्च फरवार्ड डेम्बेलेले सम्झौता नवीकरण गरेको जनाएको छ ।बिहीबार नै डेम्बेलेले क्लबमा मेडिकल परीक्षण पनि गरेका छन् । खराब फम तथा धेरैपटक चोटका कारण मैदान बाहिर रहने गरेका डेम्बेलेको यो सिजन अन्य क्लबमा जाने चर्चा थियो ।डेम्बेलेले थप दुई वर्ष आगामी २०२४ सम्मका क्लबमा सम्झौता नवीकरण गरेका हुन् ।२५ वर्षीय फरवार्ड २०१७ मा बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए । बेम्बेलेले बार्सिलोनाका

सानिमा बैंक र पाटन अस्पतालबीचको सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच भएको सम्झौता नवीकरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका महिलाहरुको उपचारका लागि भएको सम्झौतालाई दुवै पक्षले निरन्तरता दिने सहमति गरेका हुन् । सम्झौता नवीकरण पत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गर्नुभएको छ । बैंकले २०७५ सालदेखि […]

रोनाल्ड र बार्सिलोनाबीच सम्झौता नवीकरण

रोनाल्डलाई भित्र्याउन प्रिमियर क्लबले पनि इच्छा व्यक्त गरिरहेको अवस्थामा आफ्नो आर्थिक पाटोलाई नियाल्दै क्लबले मंगलबार सम्झौता नवीकरण गरेको जनाइएको छ।...

इन्धन कारोबार सम्झौता नवीकरण, पाइपलाइन विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पेट्रोलियम पदार्थ कारोबारको सम्झौता नवीकरण र पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । पेट्रोलियम पदार्थको कारोबारसम्बन्धी सम्झौता नवीकरण गरिने भएको हो ।प्रत्येक पाँच वर्षमा नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन(आईओसी) बीच इन्धन कारोबार गर्ने सम्झौता हुने गर्छ । सोहीअनुसार सम्झौता नवीकरण गरिने छ । सन् २०१७ मार्चमा भएको सम्झौता […]

मछिन्द्रसंग सुजलको सम्झौता नवीकरण

१ भदौ, काठमाडौं । फुटबलर सुजल श्रेष्ठले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसंग सम्झौता नवीकरण गरेका छन् । मिडफिल्डर सुजलले नयाँ सिजन शुरु हुनुअघि मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण  गरेका हुन् । २०७६ मा सुजल मनाङ मर्स्याङ्दी क्लब  छाड्दै मछिन्द्र पुगेका थिए । त्यही सिजन मछिन्द्रले स्टार खेलाडीहरु जम्मा गर्दै उपाधि जितेको थियो । यस […]

मछिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालको सम्झौता नवीकरण

२८ साउन, काठमाडौं । मछिन्द्र क्लबले मुख्य प्रशिक्षक प्रवेश कटुवालसँगको सम्झौता नवीकरण गरेको छ । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबसँग कटुवालले बिहीबार सम्झौता नवीकरण गरेका हुन् । ४१ वर्षीय प्रवेशले आगामी सिजनका लागि सम्झौता नवीकरण गरेको मछिन्द्र क्लबले जनाएको छ । ‘हाम्रो मुख्य प्रशिक्षक प्रवेश कटुवालले २०२१–२२ सिजनका लागि सम्झौता नवीकरण […]

किएलिनी र युभेन्ट्सबीच सम्झौता नवीकरण

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका कप्तान जर्जियो किएलिनीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । डिफेन्डर किएलिनीले क्लबसँग दुई वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् । सम्झौता नविकरणसँगै अब ३६ वर्षीय इटालियन डिफेन्डर सन् २०२३ सम्म युभेन्ट्समा रहने छन् । इटालीका कप्तान समेत रहेका किएलिनी सन् २००४ मा रोमाबाट युभेन्ट्स आएका थिए । त्यसयता उनले लिभोर्नाे […]

जोनद्वारा सम्झौता नवीकरण

इंग्लिस क्लब उल्भ्सका गोलकिपर जोन रुड्डीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । इंग्लिस गोलकिपर जोनले उल्भ्ससँग एक सिजनको लागि सम्झौता नवीकरण गरेका हुन् । सम्झौता नवीकरण गरेसँगै जोन २०२१/२२ को सिजनसम्म उल्भ्समा रहने छन् । ३४ वर्षीय गोलकिपर जोन २०१७ मा नर्विच सिटीबाट उल्भ्स आएका थिए ।