खल्तीबाट मेरो शेयर निःशुल्क नवीकरण गर्न सकिने

काठमाडौं, ६ फागुन । नेपालमा आईपीओमा लगानी गर्ने क्रेज दिनप्रतिदिन बढ्दै गएको छ । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण ल्याएको छ । खल्तीको अनुुसार यस अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेका व्यक्तिहरूले आईपीओ भर्न नवीकरण गर्न सक्नेछन् र नवीकरण गरिसकेकाहरूले आगामी वर्षहरूको लागि नवीकरण गर्न सक्नेछन्। प्रयोगकर्ताले रु. ५० आफ्नो […]

सम्बन्धित सामग्री

करिब २ महिनामा नागरिक एपबाट १२७७ जनाले गरे सवारीसाधन नवीकरण

नागरिक एपबाट १२७७ जनाले सवारीसाधन नवीकरण गरेका छन् । करिब २ महिनाको अविधिमा १२७७ जनाले नागरिक एपबाट सवारीसाधन नवीकरण गरेका हुन् ।  गत फागुन १ गतेदेखि नागरिक एपबाटै बागमती प्रदेशका सवारीसाधनको कर र नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो ।  नागरिक एपबाट सवारीसाधन नवीकरण गर्दा इसेवा र खल्तीबाट पैसा तिर्न सकिन्छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले...

खल्तीबाट मेरोशेयर निशुल्क नवीकरण गर्न सकिने

खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्ने खल्तीले जनाएको छ।खल्तीका अनुसार यस अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १००% क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसमा अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ तर  प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन्।  यो अफर चैत २, २०७८ गते सम्म लागु हुनेछ। यस सेवाको बारेमा थप जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यसले धेरै सम्भावित लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न पक्कै प्रोत्साहन दिने विश्वास लिएको छु' । प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु. ५० शुल्क लाग्ने गरेको छ।

एशियन लाइफको बीमाशुल्क भुक्तानी सम्झौता

काठमाडौं (अस) । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमाशुल्क खल्तीबाट सीधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा सबै प्रकारका भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो । यो सुविधा कार्यान्वयनमा आएसँगै अब एशियन लाइफको नवीकरण बीमाशुल्क सेवाग्राहीले छिटो, छरितो तथा सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । ५,००० रुपैयाँमाथिको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपरे ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य प्रमाणित गर्नुपर्नेछ । खल्ती वालेट प्रयोग गरी ६० भन्दा बढी बैंकहरूमा पैसा पठाउन सकिनुका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, सरकारी कर तथा सेवाशुल्क तिर्ने सकिनेलगायत सेवा लिन सकिन्छ । एशियन लाइफले हाल १४० शाखा सञ्जालमार्फत बीमा सेवा दिँदै आएको छ ।

एशियन लाइफको बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने

एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ । दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ । खल्तीका मर्च्यान्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा...

एशियन लाइफको बीमा शुल्क खल्तीबाट तिर्न सकिने

एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ ।दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ । खल्तीका मर्च्यान्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा ग्राहकले आफ्नो समय बचत गर्ने बताइन् ।

ओरियन्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरियन्टल इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ ।डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ । सन् १९४७ मा स्थापना भएको ओरियन्टल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । यस कम्पनीले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको