आईपीओ जारी गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा ८१७% बढ्यो

कात्तिक १६, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड २५ लाख १७ हजार पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. ४५ लाख ७६ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ प्रतिशत र सञ्चालन नाफा ९१४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ६ लाख सञ्चित गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । यो पनि हेर्नुस् : आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा १९९% बढ्यो आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था :

सम्बन्धित सामग्री

राष्ट्र उत्थानको आईपिओ आज बाँडफाँड हुँदै

काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर आईपीओ बाँडफाँड हुँदैछ । आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । लघुवित्तले गत फागुन ४ गतेदेखि ८ गतेसम्म आईपीओ जारी गरेको थियो । आईपीओमा २६ लाख २६ हजार भन्दा बढीले आवेदन दिएका थिए । संस्थाको […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) निष्कासन भएको छ । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँबराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो ।

राष्ट्र उत्थान लघुवित्तले आईपीओ जारी गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता आईपीओको बिक्री खुला गर्ने लागेको हो ।कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट […]

५ महीनापछि एकै पटक ६ ओटा कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति

माघ १०, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ५ महीनापछि एकै पटक ६ ओटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।  गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रकृयाले निरन्तरता पाएको हो । बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  बलेफि हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण समेतमा कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बोर्डले यो कम्पनीलाई स्थानीयका लागि रू. ३६ करोड ५५ लाख ९४ हजार बराबरको शेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले उक्त शेयर निष्कासन गर्न बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।  त्यस्तै, ग्रीन भेन्चरस् लिमिटेडले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते बोर्डमा निवेदन दिएको थियो । यो कपनीलाई रू. ६२ करोड ५० लाख बराबरको शेयर स्थानीयका लागि निष्कासन गर्न अनुमति दिइएको छ । त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तलाई रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तलाई रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न स्वीकृति दिइएको हो । जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ साल असार २४ गते बोर्डमा निवेदन दिएका थिए । नेष्डो समृद्ध लघुवित्तले रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । यो कम्पनीले २०७८ असार ६ गते बोर्डमा निवेदन दिएको थियो । त्यसैगरी इमर्जिङ नेपाललाई रू. ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिइएको छ । यो कम्पनीले गत असार १७ गते आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको थियो ।  प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको छैन । सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहँदा आईपीओ स्वीकृति प्रक्रियामा पनि ढिलाई भएको हो ।  बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सो पश्चात बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।  आईपीओका लागि बोर्डले स्वीकृति प्रदान गरेका कम्पनीहरु :                                                                          स्रोतः नेपाल धितोपत्र बोर्ड