जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा ४४.४७ गुणा बढी शेयर माग, १७ लाख ५० हजार ४४२ जनाले दिए आवेदन

माघ २३, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा रू. २ अर्ब १६ करोड ९९ लाख ५ हजार बराबरको आवेदन परेको छ ।  विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतवार दिउँसो ४:५० बजेसम्म १७ लाख ५० हजार ४४२ जना आवेदकबाट २ करोड १६ लाख ९९ हजार ५० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४४ दशमलव ४७ गुणा बढी हो । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले कुल कित्ता आईपीओमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि अर्थात् माघ २५ गतेसम्म मात्र विक्रीमा रहनेछ ।  आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको यस आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । हाल लघुवित्तको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ । पछिल्लो समय एकै पटक माघ ९ गते ६ ओटा कम्पनीहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएका छन् । बोर्डले एकै पटक जाल्पा सामुदायिक लघवित्तसँगै बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो । स्वीकृति पाएका ६ कम्पनीहरुमध्ये जाल्पा सामुदायिक लघुवित्तले सबैभन्दा पहिला आईपीओ निष्कासन गरेको हो ।  जाल्पावाहेक इमर्जिङ्ग नेपाल लिमिटेड र बलेफी हाइड्रोपावरले आईपीओ निष्कासनको मिति तय गरिसकेका छन् । इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि सर्वसाधारणका लागि र बलेफी हाइड्रोपावरले पहिलो चरणमा माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्ने तयारी गरेको हो । आईपीओ निष्कासनको स्वीकृति पाईसकेका ग्रीन भेन्चरस् लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले भने यो समाचार तयार गर्दासम्म सार्वजनिक निष्कासनको मिति तय गरेका छैनन् ।

सम्बन्धित सामग्री

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा यति धेरै आवेदन, कति पर्‍यो अहिलेसम्म ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन गरेको छ । आइतवार साँझ ५ बजेसम्ममा लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जनाले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख ४९ हजार ४९० कित्ता शेयरको लागि आवेदन गरेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ४४.५७ गुणाले बढी हो । लघुवित्तले माघ २१ गतेदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो। त्यसमध्ये ०.५...