नेपाल धितोपत्र बोर्डले अघि बढायो आईपीओ स्वीकृति प्रक्रिया, ५ ओटा कम्पनीलाई एकै पटक अनुमति दिने तयारी

माघ ६, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले पाँच महीनापछि एकै पटक पाँच ओटा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरेको छ । गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रक्रियाले अब निरन्तरता पाउने भएको हो ।  धितोपत्र बोर्डका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरिएको छ । ती कम्पनीहरुको आईपीओ स्वीकृतिका लागि धितोपत्र सूचीकरण र आव्हानपत्र स्वीकृतिको काम बाँकी रहेको बोर्डका उप - कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणसमेतमा कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।  त्यस्तै ग्रीन भेन्चरस् लिमिटेडले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ । जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ साल असार २४ गते बोर्डमा निवेदन दिएको हो । नेष्डो लघुवित्तले भने ८ लाख २८ हजार ७५० कित्ता आईपीओ विक्रीका लागि २०७८ साल असार ६ गते निवेदन दिएको थियो । हाल धितोपत्र बोर्डमा यी पाँच ओटा कम्पनीहरुसहित ३१ ओटा कम्पनीहरु आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको छैन । सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहँदा आईपीओ स्वीकृति प्रक्रियामा पनि ढिलाई भएको हो । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बुक विल्डिङ्ग विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सोपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ । 

सम्बन्धित सामग्री

सेबोनले आइपिओ र हकप्रदको अनुमति रोकेकोमा ऊर्जा उद्यमीहरुको आपत्ति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको साधारण सेयर (आइपिओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने भएका छन्।   बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति...

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता […]

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

२८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत […]

एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैपटक ६ कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको छ । गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरर्ला आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको स्वीकृति प्रक्रियाले निरन्तरता पाएको हो । झण्डै ६ महिनापछि बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निस्कासन अनुमति दिएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।

बोर्ड अध्यक्ष नहुँदा ६ अर्ब ८० करोडको आईपीओ निश्कासन रोकियो

बोर्डमा २ दर्जन बढी कम्पनीको आईपिओ निश्कासनका लागि अनुमतिको पखाईमा छन् । तर, बोर्ड बैठक बस्न नसकेका कारण आईपीओ निश्कासन हुन सकेको छैन ।

२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बि

२५ वटा कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ […] The post २५ वटा कम्पनीको आईपीओ आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिक्लेस हाइड्रोले आईपीओ ल्याउने, बोर्डसँग माग्यो अनुमति

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले २० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ ल्याउन कात्तिक २९ गते बोर्डमा निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउनेछ । कम्पनीले विक्री प्रबन्धकमा यसअघि नै बिओके क्यापिटललाई नियुक्त गरिसकेको छ ।

चार करोडको आईपीओ अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो सीवाईसी लघुवित्त

साधारण सेयर (आईपीओ) अनुमति माग्दै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति मागेको हो ।धितोपत्र बोर्डबाट अनुमति पाएपछि लघुवित्तले चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । कम्पनीले बोर्डसँग ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ ।बाग्लुङ जिल्लाको सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । हा

एक दर्जन जलविद्युत् कम्पनीको सेयर आउँदै

निकट भविष्यमै डेढ दर्जन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् ।