चार मुलुकबाट राजदूतका लागि सहमति प्राप्त हुन बाँकी

परराष्ट्र मन्त्रालयले विभिन्न २० जना नेपाली राजदूतका लागि तत्तत् मुलुकबाट सहमति प्राप्ति गर्न अनुरोध गरिएकोमा १६ मुलुकबाट सहमति प्राप्ति भएको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सो कुराको जानकारी दिनुभएको हो । नेपाल सरकारको गत चैत २४ को निर्णयअनुसार अहिलेसम्म चार मुलुकबाट भने सहमति प्राप्ति …

सम्बन्धित सामग्री

दिब्यश्वरी हाइड्रोपावरले बढायो हकप्रद अनुपात, २०० प्रतिशत निष्कासन गर्ने

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद शेयरको आकार बढाएको छ । कम्पनी सञ्चालक समितिको हिजो (सोमवार) बसेको बैठकले हकप्रद शेयरको आकार बढाउने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः२ अनुपातमा अर्थात् २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।  यसअघि गत असार १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय कम्पनीको हिजो बसेको बैठकले रद्द गर्दै हकप्रदको आकार बढाएको छ ।   प्रस्तावित हकप्रद विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ । हकप्रद निष्कासनबाट प्राप्त हुने पूँजीमध्ये पाँच खपन हाइड्रोपावरमा ५१ प्रतिशत लगानी गर्ने निर्णय पनि कम्पनीले गरेको छ । बाँकी रकम बैंकबाट लिएको दीर्घकालीन कर्जाको भुक्तानी गर्ने कम्पनीले जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा सहमति, यस्तो छ भागवण्डा (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि भागबन्डा मिलेको छ । जसपालाई दिन भनिएको क्षेत्रहरू खालि राख्दै चार दलले आ आफ्नो क्षेत्रमा सहमति गरेका हुन् । अहिले माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने छन् । बाँकी ९८ स्थानमा कांग्रेस र लोसपाबीच बाँडफाँट हुने जनाइएको छ […]

राजदूतका लागि चार मुलुकबाट सहमति प्राप्त हुन बाँकी

परराष्ट्र मन्त्रालयले विभिन्न २० जना नेपाली राजदूतका लागि तत्तत् मुलुकबाट सहमति प्राप्ति गर्न अनुरोध गरिएकोमा १६ मुलुकबाट सहमति प्राप्ति भएको जानकारी दिएको छ । नेपाल सरकारको गत चैत २४ को निर्णयअनुसार अहिलेसम्म चार मुलुकबाट भने सहमति प्राप्ति हुन बाँकी रहेको परराष्ट्रका प्रवक्ता सेवा लम्सालले बताइन् । उनका अनुसार १३ मुलुकका लागि नेपाली राजदूतको घोषणा भइसकेको र तीन मुलुकका लागि नियुक्तिको प्रक्रियामा रहेको छ । उनले चार मुलुकका राजदूत कार्यभार सम्हाल्न गइसकेको र चार मुलुकबाट सहमति प्राप्त हुन

तिलक कोइरालाले तोडे अनसन, यस्तो छ धितोपत्र बोर्डसँग भएको १९ बुँदे सहमति

पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् । अनसनको १० औ दिनमा आज उनले नेपाल धितोपत्र  बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् । संघर्ष समितिले राखेका माग पुरा गर्नको लागि बोर्डले कार्यन्वयन समितिले बनाएसंगै कोइतालाले अनसन तोडेका हुन्  । बोर्ड अध्यक्ष हमालले कार्यन्वयन समितिले आइतबार बाट नै काम थाल्ने र पुँजीबजारलाई स्वच्छ , सफा र उत्साहपूर्ण बनाउने प्रतिवद्दता जनाएका छन् ।  के के भयो सहमति ?१.अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पँजी बजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समतिको ५८ बूंदे सुझावका बाँकी काम गर्न गराउन पूँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्ने ।२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने ।३. कमिशन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडि बढाइने ।४. धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूर्वाधार तयार गर्न सूचित गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृति गरिएको छ । तथा थप १६ स्थान स्वीकृत दिने प्रकृया तत्काल अगाडि बढाइने। ५. गैर आवसीय नेपालीहरुलाई पुँजी बजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकोले आगामी २०७९ श्रावण देखि कार्यान्वयनमा आउने । ६. सार्वजनिक ओहदामा रहेका महानुभावहरुलाई पूँजी बजारको बारेमा सकारात्मक वा नकारात्मक अभिव्यक्ति नदिने सम्बन्धमा बोर्डले संचालन गर्ने वित्तीय साक्षरताको कार्यक्रममा उक्त विषयलाई विशेष जोड दिने र यस सम्बन्धमा बोर्डले समय समयमा विज्ञप्ती जारी गर्ने । ७. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने । ८. साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म (SMES Platform) संचालनका लागि नेप्सेले कार्यविधि तयार गरिसकेको र सो सम्बन्धी प्राविधिक व्यवस्था मिलाउने कार्य भैरहेकोले २०७९ भदौ महिना सम्म कार्यान्वयनमा ल्याउनका लागि पहल गर्ने ।९. धितोपत्र बजारमा लिईने शुल्कका सम्बन्धमा बोर्डबाट अध्ययन सम्पन्न हुने क्रममा रहेकोले सोको प्रतिवेदन प्राप्त भएपश्चात सबै सरोकारवालाहरुको उचित राय सुझाव लिई अन्तिम रुप दिने ।१०. दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने । ११. मागको बूँदा ११ को सम्बन्धमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ कार्यान्वयन पश्चात टिएमएस सञ्चालन गर्दा प्राविधिक रुपमा सम्भाव्य भएमा उक्त व्यवस्था समेट्ने सम्बन्धमा आवश्यक कार्य अगाडि बढाइने छ। १२. मागको बूँदा १२ को सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग समन्वय गर्ने । १३. धितोपत्र बजारमा नयाँ औजार भित्रयाउने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज लि. बाट अध्ययन भई कार्यान्वयनको चरणमा रहेकोले सोको लागि आवश्यक कार्य अगाडि बढाइने । १४. मागको बँदा १४ सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बीमा समितिसँग आवश्यक समन्वय गर्ने । १५. मागको बूँदा १५ सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गर्ने । १६. मागको बूँदा १६ सम्बन्धमा आवश्यक अध्ययन गरी कार्य अगाडि बढाइने । १७. मर्जर तथा एक्विजिसन सम्बन्धमा रहेको अन्यौलता हटाउन नेपाल राष्ट बैंक, बीमा समिति र नेप्से सम्मलित समिति गठन भइसकेको र उक्त समितिबाट प्राप्त हुने प्रतिवेदन बमोजिम कार्य तत्तकाल कार्य अगाडि बढाइने।१८. मागको बूँदा १८ को सम्बन्धमा नेपाल राष्ट्र बैंकसंग समन्वय गर्ने । १९. मागको बुँदा नं. १९ को सम्बन्धमा पूँजी बजार र शयर मूल्य को सम्बन्धमा पूँजी बजार र शेयर मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागू गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी आवश्यक समय प्रदान गर्ने ।

पर्यटनलाई ८१ करोड बजेट प्रस्ताव

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०६७/६८ का लागि पर्यटन मन्त्रालयलाई ८१ करोड ३२ लाख रुपैयाँको बजेट छुट्याएको छ । अर्थ मन्त्रालयले यही बजेटसीमा भित्र रहेर कार्यक्रम तयार गर्न पर्यटनलाई आग्रह गरेको छ । दुवै मन्त्रालयबीच भएको छलफलमा अर्थले यो सीमा प्रस्ताव गरेको हो । अर्थ मन्त्रालयले पर्यटन वर्ष २०११ का लागि २३ करोड रुपैयाँ दिने सैद्धान्तिक सहमति गरेको छ । पर्यटन मन्त्रालयका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईका अनुसार पर्यटन वर्षका लागि ७ करोड रुपैयाँ सिलिङ बजेटबाट प्राप्त हुन्छ । बाँकी १७ करोड रुपैयाँ प्रस्तावित बजेटभन्दा बाहिरबाट उपलब्ध गराउन मन्त्रालय सहमत भएको हो । ‘अहिले हामी छलफलकै चरणमा छौं,’ भट्टराईले भने । प्रस्तावित बजेटमा पर्यटन पूर्वाधार विकासका लागि ५५ करोड रुपैयाँ छुट्याएको छ । बाँकी पर्यटन वर्ष र विकासका लागि खर्च हुनेछ । मन्त्रालयसमक्ष पर्यटन वर्ष २०११ को सचिवालयले पर्यटन वर्षका लागि ३२ करोड रुपैयाँ आवश्यक भएको जानकारी दिएको छ । यो रकम अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खर्च गर्न माग गरिएको हो । अहिले नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटक प्रवर्द्धनमा वार्षिक करिब १८ करोड रुपैयाँ खर्च गर्दै आएको छ । यो खर्च बोर्डले आफ्नै आन्तरिक स्रोतबाट गर्दै आएको थियो । तर, पर्यटन वर्षमा व्यापक अन्तर्राष्ट्रिय प्रवर्द्धन गरिने हुँदा आन्तरिक स्रोतमात्र नपुग्ने सचिवालयको भनाइ छ । दश लाख पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रचार प्रसार गर्नुपर्छ । साथै अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा पनि ठूलै लगानी गर्नुपर्छ । वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

भदौ २२ गतेपछि वर्तमान सरकारले पूर्णता पाउँछ - जसपा अध्यक्ष यादव

सत्ता गठबन्धनका एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताउनुभएको छ । बुधबार जसपाबाट दश जना प्रदेश सभा सदस्य लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेपछि बिहीबार जनकपुरधाम आउनुभएका अध्यक्ष यादवले जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन आयोगले भदौ २२ गते सम्म दल रोज्न समयसीमा दिएकाले त्यो सकिएपछि मात्रै सरकारले पूर्णता पाउने विषयमा गठबन्धनका दलहरुबीच सहमति भइसकेको बताउनुभयो । उहाँले लोकतन्त्र विनाको कुनै पनि समाज आजको युगमा समृद्ध नभएको भन्दै संघीय गणतन्त्रलाई मजबुत बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले वर्तमान संविधानमार्फत् प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै प्राप्त गर्न बाँकी रहेका विषयहरुलाई संसदीय र गैरसंसदीय अभ्यासमार्फत् संघर्ष गर्दै अधिकार प्राप्त गर्ने बताउनुभयो ।

डोटी–डडेल्धुरामा ‘मेडिकल कलेज सपना’!

डा.केसी र सरकारबीचको त्यो सहमति भएयता डोटी–डडेल्धुरामा मेडिकल कलेजको विषयले यस्तै चर्चा पाईरहेको छ। सहमति भएपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन प्राप्त भइसकेको जनाएको छ। यद्यपि बाँकी प्रक्रिया भने अझै सुरु भइसकेको छैन्।

डोटी–डडेल्धुरामा ‘मेडिकल कलेज सपना’!

डा.केसी र सरकारबीचको त्यो सहमति भएयता डोटी–डडेल्धुरामा मेडिकल कलेजको विषयले यस्तै चर्चा पाईरहेको छ। सहमति भएपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन प्राप्त भइसकेको जनाएको छ। यद्यपि बाँकी प्रक्रिया भने अझै ...