सान्जेनले भन्यो '६ महिनाभित्र उत्पादन शुरु भई प्रतिफल दिन सकिने अवस्था छ, आईपिओमा अवरोध नगर्नु'

सान्जेन जलविद्युत कम्पनीले स्थानीयलाई निष्काशन गरिने आईपिओ अवरोध भए कम्पनीले निर्माण गरिरहेको आयोजना सम्पन्न गर्न नसकिने जनाएको छ । आईपिओ निष्काशनको लागि निर्धारण गरीएको क्षेत्रहरुमा अशन्तुष्टी जनाउदै स्थानीयले कम्पनीमा  तोडफोड गरेपछि कम्पनीले अवरोध भए कम्पनीले निर्माण गरिरहेको आयोजना सम्पन्न गर्न नसकिने जनाएको हो।कम्पनीले क्षेत्र र वर्ग निर्धारणको काम जिल्ला समन्वय समिति, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय सरोकार वाला र समबन्धित सबैले सर्वापक्षित छलफल गरेर नै टुंगो लगाएकोले सोहि अनुसार अगाडी बढ्न सबैलाई आग्रह गरेको छ । कम्पनीले हाल निर्माण गरिरहेको आयोजनाहरूको निर्माणका कार्यहरू अन्तिम चरणमा रहेको र ६ महिना भित्र सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाबाट उत्पादन शुरु भई शेयरधनीहरूलाई प्रतिफल दिन सकिने अवस्थामा रहेको जनाएको छ । उल्लेखित १०% शेयर तत्काल निष्कासन गरी रकम संकलन गर्न नसकिएमा कम्पनीलाई वित्तीय समस्या पर्न गई आयोजनाका बाँकी कार्य सम्पन्न गर्न नसकिने अवस्था रहेको कम्पनीले उल्लेख गरेको हो। कम्पनीले बिगतमा भएका सर्वपक्षीय सहमति कै आधारमा कायम भएको अनुपात उल्लेख गरी सम्बन्धित निकायबाट विवरण पत्र स्वीकृत गराई आव्हान-पत्र समेत प्रकाशित भईसकेको अवस्थामा प्रकाशित आव्हान-पत्र बमोजिम निष्कासन तथा बिक्री वितरण हुने शेयरमा सहभागी भई लाभान्वित हुन कम्पनीले सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गरेको छ।यस्तो छ कम्पनीको आग्रह : यस सान्जेन जलविद्युत कम्पनी लिमिटेड मार्फत निर्माणाधिन सान्जेन (माथिल्लो) तथा सान्जेन जलविद्युत आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयहरूको लागि छुट्टाइएको कुल पूँजी संरचना मध्येको १०% शेयर निष्कासन तथा बिक्री वितरणको अनुपातका सम्बन्धमा मिति २०७६ माघ २९ गते श्री जिल्ला समन्वय समितिको कार्यालय, रसुवामा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, स्थानीय सरोकारवालाहरू समेतको उपस्थितिमा भएको सामुहिक छलफल तथा सहमतिमा शेयर बाँडफाँडको अनुपात निर्धारण भएको व्यहोरा सबै सरोकारवालाहरूलाई अवगत नै छ । मिति २०७९/०३/२१ गते जिल्ला समन्वय समिति, रसुवाबाट आयोजना प्रभावित क्षेत्रको पुर्नवर्गिकरण गर्ने प्रयोजनका लागि कम्पनी मार्फत नेपाल धितोपत्र बोर्डलाई अनुरोध गर्ने भन्नेसम्मको व्यहोरा प्राप्त भएता पनि मिति २०७६ माघ २९ गते सम्पन्न सर्वपक्षीय बैठकबाट सहमति भएको आयोजना प्रभावित क्षेत्रको वर्गिकरण तथा शेयर बाँडफाँडको अनुपात परिवर्तन हुने सम्बन्धमा स्पष्ट कुनै पनि निर्णय कम्पनीलाई प्राप्त नभएको साथै धितोपत्र बोर्डबाट यस सम्बन्धमा कुनै निर्देशन प्राप्त नभएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं । शेयर बाँडफाँडको निर्धारित अनुपात समेत उल्लेख गरी मिति २०७९/०४/२४ मा यस कम्पनी मार्फत शेयर निश्कासन सम्बन्धी सूचना प्रकाशन भईसकेको छ । कम्पनीका पदाधिकारीहरूले स्थानीय वासिन्दाका जायज मागलाई सुनुवाइ गरी केही समय ढिला आव्हान-पत्र प्रकाशन गरिएको र स्थानीयसँग हदैसम्मको संयमता अपनाउँदा अपनाउँदै उक्त सूचनामा उल्लेखित अनपात उपर आफनो असन्तुष्टि देखाउँदै केही स्थानीयवासीहरूबाट आयोजनाको साइट कार्यालयमा रहेका विभिन्न फर्निचर, कम्प्यूटर, प्रिन्टर, टेवुल, कुर्ची, सवारी साधन, हेवी ईक्युपमेन्ट, पेट्रोल पम्प, आवास क्षेत्र आदिमा तोडफोड गर्ने, सुरक्षाकर्मी तथा कर्मचारीहरूलाई आक्रमण गर्ने लगायतका अराजक क्रियाकलाप हुन गई कम्पनीलाई ठुलो आर्थिक क्षति हुन पुगेको छ । लाखौ नेपाली जनताहरूको शेयर लगानी रहेको यस पब्लिक कम्पनीको सम्पत्ति नोक्सान गर्ने, नेपाल सरकारको तर्फबाट सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तथा आयोजनाका कर्मचारीमाथि हातपात गर्ने लगायतका कार्यहरू निन्दनीय छन् र यस्ता अमर्यादित कार्यहरू प्रति हामी खेद प्रकट गर्दछौ।कम्पनीले सर्वसाधारण समूह अन्तर्गत आयोजना प्रभावित जिल्लावासीहरूलाई छुट्टाइएको शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको प्रचलित कानून अनुसार मिति २०७९/०३/०९ मा स्वीकृति प्राप्त गरी शेयर निष्कासनको प्रक्रिया अघि बढाइएको जानकारी गराउँदछौ । कम्पनीको पूँजी संरचना अन्तर्गतको ९०% शेयर आयोजनाहरूमा लगानी भईसकेको र बाँकी १०% शेयर पूँजी वापतको रकम संकलन गरी आयोजनामा लगानी गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । कम्पनीले हाल निर्माण गरिरहेको आयोजनाहरूको निर्माणका कार्यहरू अन्तिम चरणमा रहेको र ६ महिना भित्र सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाबाट उत्पादन शुरु भई शेयरधनीहरूलाई प्रतिफल दिन सकिने अवस्थामा रहेको छ । उल्लेखित १०% शेयर तत्काल निष्कासन गरी रकम संकलन गर्न नसकिएमा कम्पनीलाई वित्तीय समस्या पर्न गई आयोजनाका बाँकी कार्य सम्पन्न गर्न नसकिने अवस्था रहेको छ। कम्पनीले बिगतमा भएका सर्वपक्षीय सहमति कै आधारमा कायम भएको अनुपात उल्लेख गरी सम्बन्धित निकायबाट विवरण पत्र स्वीकृत गराई आव्हान-पत्र समेत प्रकाशित भईसकेको अवस्थामा प्रकाशित आव्हान-पत्र बमोजिम निष्कासन तथा बिक्री वितरण हुने शेयरमा सहभागी भई लाभान्वित हुन सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गर्दछौ ।

सम्बन्धित सामग्री

आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरु देखिन थालेका छन् : सभामुख घिमिरे

१ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने अभियानलाई तीव्रता दिन सकिने वातावरण बनेको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै उनले नेपालीहरु निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् । ‘नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरु […]

त्रिविका क्याम्पसले २२ दिनसम्म हिउँदे बिदा दिन पाउने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का सबै आंगिक क्याम्पस तथा केन्द्रीय विभागले बढीमा २२ दिनसम्म हिउँदे विदा दिन पाउने भएका छन्।  पुस ३ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले पुस १७ गतेदेखि हिउँदे विदा दिन सकिने गरी याे निर्णय स्वीकृत गरेको हो।‘यो वर्ष आ-आफ्नो निकायको अनुकुलता परीक्षा,कक्षा सञ्चालन आदि अवस्था हेरेर २०७९ पुस १७ देखि बढीमा २२ दिनसम्म विदा दिन सकिने छ’,सूचनामा भनिएको छ।

आजदेखि खुल्यो आदर्श लघुवित्तको आईपीओ, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

आजदेखि आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० सय रुपैयाँ अंकित ६७ हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।कुल निष्कासित सेयरमध्ये कर्मचारीका लागि १ हजार ३५ कित्ता सेयर छुट्याइएको कम्पनीले बताएको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ३ हजार ३५० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।आजदेखि खुलेको आईपीओमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ । यस अवधिमा मागअनुसारको आवेदन

पोष्टमार्टम रिपोर्टको एउटा क्लुले बदलियो दुर्घटनाको घटना

गत चैत २० गते साँझ ५:२० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पको ठीक अगाडि एक मोटरसाइकल दुर्घटना भयो । चालक नुवाकोटको बेलकोटगढी नगरपालिका ३ बस्ने २५ वर्षीय लक्ष्मी दर्नाल गम्भीर घाइते बनिन् । उनलाई नजिकैको नेशनल अस्पताल पुराइएपनि उपचारकै क्रममा साँझ मृत्यु भयो । चैत महिनामा चाँडै नै दिन सकिने भएकाले दुर्घटनाको बेला उक्त दिन पनि हल्का अँध्यारो भइसकेको थियो । सबैले उक्त मोटरसाइकल डिभाइडरमा ठोक्किएको कारण दुर्घटना भएको अनुमान गरे । दुर्घटनामा परेको स्पेल्डर मोटरसाइकलको अवस्था हेर्दा पनि अगाडिक

उपकार लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला, यस्तो छ कम्पनीको अवस्था

उपकार लघुवित्तले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गर्न लागेको हो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा चैत्र २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा'

जीवन विकास लघुवित्तको आईपीओ : १० देखि १ हजार कित्तासम्म आवेदन दिन सकिने

असार १०, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवारदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।  कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।  यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुँदा कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।  कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ । यो पनि हेर्नुस् : १९ लाख ७७ हजार आईपीओ निष्कासन गर्ने तयारीमा रहेको जीवन विकास लघुवित्तको वित्तीय अवस्था

मन फुकाएर बजेट सिलिङ बढाउन सकिने अवस्था छैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कोरोना महामारीले सिर्जना गरेको चुनौतीलाई समाधान गर्दै आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएका छन् ।  नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाबारे संसदको अर्थ समितिमा सांसदहरूसँगको छलफलका क्रममा अर्थमन्त्री पौडेलले बजेटमा मन फुकाएर सिलिङ दिन सकिने अवस्था नरहेको समेत बताए । मंगलवार अर्थ समितिले राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रकको कार्यालय र अर्थ मन्त्रालयसँग सामूहिक छलफल गरेको छ ।  छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘नयाँ बजेटम...