राजदूतका लागि चार मुलुकबाट सहमति प्राप्त हुन बाँकी

परराष्ट्र मन्त्रालयले विभिन्न २० जना नेपाली राजदूतका लागि तत्तत् मुलुकबाट सहमति प्राप्ति गर्न अनुरोध गरिएकोमा १६ मुलुकबाट सहमति प्राप्ति भएको जानकारी दिएको छ । नेपाल सरकारको गत चैत २४ को निर्णयअनुसार अहिलेसम्म चार मुलुकबाट भने सहमति प्राप्ति हुन बाँकी रहेको परराष्ट्रका प्रवक्ता सेवा लम्सालले बताइन् । उनका अनुसार १३ मुलुकका लागि नेपाली राजदूतको घोषणा भइसकेको र तीन मुलुकका लागि नियुक्तिको प्रक्रियामा रहेको छ । उनले चार मुलुकका राजदूत कार्यभार सम्हाल्न गइसकेको र चार मुलुकबाट सहमति प्राप्त हुन

सम्बन्धित सामग्री

अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । कामदार भिसा एचवान बीका लागि नियमित ६५ हजारको कोटा र अमेरिकामा स्नातकोत्तर गरेकाहरुमध्येबाट २० हजारको कोटाका लागि प्रयाप्त आवेदनहरु प्राप्त भएको हो । आगामी केही दिनहरूमा युएससीआईएसले अनलाइनमा दर्ता गरेका बाँकी आवेदकहरुलाई छनौट नभएको सुचनाहरु पठाउने भएको छ । यस्ता […]

बक्यौता रकम प्राप्त नभए भुक्तानी नहुने

नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदानका रूपमा प्राप्त नहुञ्जेल कृषिसँग सम्बन्धित सबै बिमाको बीमालेख भुक्तनी दिन कम्पनीहरू असमर्थ भएका छन्।...

गुल्मीमा भण्डारीको जित निश्चित, घोषणा हुन बाँकी

गुल्मी : गुल्मीमा चन्द्र भण्डारीको जित सुनिश्चत भएको छ।रेसुंगा नगरपालिकाको २ वटा वडा मतगणना हुन बाँकी रहँदा १,१७७ मतले अगाडि भएपछि उनको जित सुनिश्चित भएको हो। उनले ३२,५७३ मत ल्याउँदा नेकपा एमालेका प्रदीप ज्ञवालीले ३१,३९६ मत प्राप्त गरेका छन्। गन्न बाँकी २ वटा वडा काँग्रेसको पकड भएका वडा हुन्।

टीभीएसको ‘कायापलट’ अब तीन दिन बाँकी

काठमाडौं, १६ कात्तिक । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तिन दिन मात्र बाँकी रहेको छ । टीभीएसको कुनैपनि दूई पांग्रे सवारी साधन खरिद गर्दा बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न सक्नेछन् । यो […]

छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताएकी छन् । अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उनले महिलाले कानूनीरूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गरिन् । महिलाको सम्पत्तिमा अधिकार कानूनीरूपमा प्राप्त भए पनि अझै पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको उनले उल्लेख गरिन् । उनले भनिन्, “सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न सकिर

‘छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ’

काठमाडौँ- ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताएकी छिन्। अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उनले महिलाले कानूनीरूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गरिन्। महिलाको सम्पत्तिमा अधिकार कानूनीरूपमा प्राप्त भए पनि अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको […]

केही स्थानको मनोनयन विवरण आउन बाँकी : निर्वाचन आयोग

काठमाडौँ– वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताको अधिकांश स्थानबाट आएका विवरण सूचना प्रणालीमा समावेश भइरहेको निर्वाचन आयोगले जनाएको छ । तर, केही स्थानबाट विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ । मधेश प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशका दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेको आयोगको संयुक्त निर्वाचन […]

केही स्थानबाट मनोनयनको विवरण आउन बाँकी

स्थानीय तह सदस्य निर्वाचन, २०७९ अन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण निर्वाचन आयोगको सूचना प्रणालीमा समावेश भइरहेको र केही स्थानबाट विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ । मधेस प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशका दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी […]