काठमाडौं : बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको संभावित कार्यसूची सार्वजनिक गरिएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अमेरिकी सहयोग एमसिसीका विषयमा छलफल अघि बढ्ने उल्लेख छ। अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । गत फागुन ८ गते बसेको संसद बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि संचार मन्त्री ज्ञानेन्द्रबहादुर