संसद बैठक : आदिवासी जनजाति प्रतिवेदन पेश गर्ने कार्यसूची

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको एउटा मात्र कार्यसूची तय गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७,०७८ पेश गर्ने’ कार्यसूची तय भएको छ ।आजको कार्य व्यवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सामान्य छलफल भएपनि गठबन्धनमा अर्को बैठकसम्म कुर्ने सहमतिका कारण कुनै निर्णय भएन । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेपछि बस्दैछ  ।

सम्बन्धित सामग्री

आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश

प्रदेश प्रमुखको निजी सचिवालयमा आफ्नो प्रतिवेदन पेश गरेको निमित्त सचिव शत्रुधन यादवले बताए ।

आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आव २०७८र०७९)’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रतिवेदन पेश गरेका हुन् ।  प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १५ गते दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रपतिसमक्ष ७ आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ७ आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले राष्ट्रपतिसमक्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन पेश गर्नेमा मधेसी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोग रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बिच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७-७८ पेस भएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७-७८ पेस गरेका हुन् । शुक्रबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद्को अवरोध जारी राखेको छ ।बैठकमा […]

प्रतिनिधिसभा बैठक: आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका बाबजुद प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७÷०७८’ पेश भएको छ ।

एमालेको अवरोधका बीच आयोगको प्रतिवेदन पेश

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश गरेका हुन् ।  शुक्रवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदको अवरोध जारी राखेको छ । बैठकमा एमाले सांसदहरुले पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्ट

प्रतिनिधिसभाको अर्को बैठक आइतबार

प्रतिनिधिसभाको अर्को बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गरिएको थियो। बैठक सुरु भएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको थियो।...

संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा  प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ  ।एमसीसी टेबल गर्ने सन्दर्भमा सहमति खोज्न सत्ता गठबन्धनको आज पनि बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ ।प

प्रतिनिधिसभा बैठक बस्दै, देउवाले लैजालान् एमसीसी ?

प्रतिनिधिसभा बैठक शुक्रबारका लागि बोलाइएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि संसद सचिवालयले एमसीसीबाहेकको सम्भावित कार्यसूची तय गरिसकेको छ ।  सम्भावित कार्यसूचीमा एमसीसी नराखी प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने भनेर राखिएको हो । बिहीबारको गठबन्धनको बैठकमा भने देउवाले शुक्रबारको बैठकमा आफूले एमसीसी टेबल गर्ने बताएका थिए । अब कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एमसीसीको कार्यसूची राख्ने एउटा बाटो खुला रहेको छ । देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिए...

प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक, परेन एमसीसी

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने एमसीसी परेको छैन । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभ