काठमाडौं : प्रतिनिधिसभाको भोलि (बिहीबार) बस्ने बैठकको कार्यसूची सार्वजनिक गरिएको छ।संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।