संसद सचिवालयले प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची तय गरेको छ । सचिवालयले ५ वटा सम्भावित कार्यसूची तय गरेको हो ।जसमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने, मन्त्रिपरिषद गठनसम्बन्धी पत्र,अध्यक्षता गर्ने सदस्यको मनोनयन,दुई अध्यादेश पेश र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल रहेको छ ।