१८औं हस्तकला मेला सम्पन्न, ८ करोड बराबरको कारोबार

मंंसिर ५, काठमाडौं । १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।  नेपाल हस्तकला महासंघद्वारा काठमाडौंको हायात होटलमा आयोजित तीन दिनसम्म चलेको उक्त मेलामा करीब आठ करोड रुपैयाँको कारोबार भएको छ ।  समापन कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढिले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रवार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेको उनले जानकारी गराए । दोस्रो दिन शनिवार परेकोले मेला अवलोकनकर्ताको व्यवस्थापन गर्न हम्मेहम्मे परेको शाक्यको भनाइ छ । महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण सम्वर्द्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।  काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिद्धता व्यक्त गरिन् । सो अवसरमा १६औं कला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।  नेचुरल फाइवरतर्फ दाङकी सुनिता कुमारी चौधरी प्रथम भएका छन् भने पुनः महर्जन द्वितिय र आशा माया महर्जन तृतीय हुन सफल भएका छन् । त्यस्तै, परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितिय र राम बज्राचार्य तृतीय हुनुभएको छ । प्रथम द्धितिय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृतहरुको हस्तकला महासंघले नै खरीद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको मेलाको समापन वागमति प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले गरे । मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए । 

सम्बन्धित सामग्री

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।...

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।...

हस्तकला मेला सम्पन्न : १० करोडको कारोबार

नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता आज सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल रु १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासङ्घ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेला समुद्घाटन गरेकी थिइन् । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मेला अवल

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

१८औं हस्तकला मेला सम्पन्न, ८ करोडको कारोबार

काठमाडौं, ७ मंंसिर । १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिनसम्म चलेको मेलामा करिब ८ करोड रुपैयाँको कारोबार भएको हो । समापन कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढिले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार […]

१८औं हस्तकला मेला सम्पन्न, आठ करोड रुपैयाँ बराबर कारोबार

नेपाल हस्तकला महासंघले आयोजना गरेको तीनदिने १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । मेलामा आठ करोड रुपैयाँ बराबर कारोबार भएको महासंघले जानकारी दिएको छ ।  काठमाडौंको हायात होटलमा आयोजित मेला एक लाख जनाभन्दा धेरैले अवलोकन गरेको महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले बताए । पहिलो दिन शुक्रबार २३ हजार र दोस्रो दिन ५५ हजारले मेला अवलोकन गरेकोमा तेस्रो दिन शनिबार अवलोकनकर्ता व्यवस्थापन गर्न हम्मेहम्मे परेको शाक्यले दाबी गरे ।महासंघका अध्यक्ष सुरेन्द्र भा

प्रतियोगितात्मक हस्तकला मेला प्रदर्शनी मंसिर ३ गते

काठमाडौँ – १८औं हस्तकला व्यापार मेला तथा १६औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी काठमाडौंमा गरिने भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको होटल हायात रेजेन्सीमा मेला तथा प्रदर्शनी हुने भएको हो। महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजार प्रवद्र्धन तथा निर्यात व्यापारमा समेत […]

जनकपुरधाममा तीनदिने प्रदेशस्तरीय महिला हस्तकला मेला आयोजना गरिने

जनकपुरधाम – जनकपुरधाममा तीनदिने महिला हस्तकला मेला तथा प्रदर्शनी गरिने भएको छ। कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कँदै गएको बेला देशभित्रै उत्पादन भएका वस्तुको बजारलाई चलायमान बनाउन उक्त आयोजना गर्न लागिएको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा […]

महिला हस्तकला मेला सम्पन्न

महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीन दिने मेला आइतबार सम्पन्न भएको हो । “हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वर्द्धन” भन्ने मुल नाराका साथ ललितपुर महानगरपालिका परिसरमा यहि फागुन २२ गतेदेखि २४ गतेसम्म चलेको मेलाको समापन ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गीता सत्यालले गरेकी हुन् । उप–प्रमुख सत्यालले महिला  सवलिकरणमा जोड

ललितपुर महानगरपालिका परिसरमा महिला हस्तकला मेला सुरु

हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशीलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिएपनि उनीहरू हस्तकला व्यवसायमा नलागी […]