नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता आज सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल रु १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासङ्घ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेला समुद्घाटन गरेकी थिइन् । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मेला अवल