ट्रक र पिकअप गाडी ठोक्किँदा एकजनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) :  सुनवलमा शुक्रबार बिहान ट्रक र पिकअप गाडी ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नम्बरको कोइला बोकेको ट्रक ठक्कर खाएका हुन्।दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा

सम्बन्धित सामग्री

नवलपरासीमा ट्रक र पिकअप भ्यान ठोक्किँदा १ जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तपश्चिम) को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रे

नवलपरासीमा सडक दुर्घटना हुुँदा एक जनाको मृत्यु

नवलपरासी बर्दघाट सुस्तपश्चिमको सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

ट्रक र पिकअप एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका- ४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा […]

ट्रक र पिकअप गाडी ठक्कर खाँदा एक जनाको मृत्यु

नवलपुर – नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर […]

वीरगञ्ज भन्सार : आयातमा इन्धन, गाडी र औद्योगिक कच्चापदार्थको वर्चस्व

वीरगञ्ज । वैदेशिक व्यापारको करीब आधा परिणाम आयातनिर्यात हुने वीरगञ्ज नाकाबाट भित्रिने वस्तुमा पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चापदार्थको वर्चस्व छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनाको आयातनिर्यात तथ्यांकले यस्तो देखाएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको चैतमसान्तसम्ममा आयातित मुख्य २० वस्तुको सूचीमा यस्ता वस्तुहरू परेका छन् । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आयातित मुख्य ५ वस्तुमा क्रमश: डिजेल, पेट्रोल, जीप/कार/भ्यान, मोटरसाइकल र एलपी ग्यास रहेको जानकारी दिए । ट्रक, बस, पिकअप गाडी पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्दछन् । स्वदेशी सिमेन्ट उद्योगले सहायक कच्चापदार्थको रूपमा प्रयोग गर्ने कोइलाको आयात परिमाण पनि उल्लेख्य छ । विगतमा क्लिंकर आयात हुने गरेकोमा अहिले स्वदेशमै उत्पादन हुन थालेपछि यो मुख्य आयातित वस्तुको सूचीबाट हटेको छ । कोइला क्लिंकर बनाउन प्रयोग हुन्छ । त्यस्तै भटमास, सूर्यमुखी र पामको अर्धप्रशोधित तेल पनि यो नाकाबाट उल्लेख्य परिमाणमा भित्रिएको तथ्यांकले देखाउँछ । बारा–पर्सा क्षेत्रमा खुलेका १४ ओेटा तेल उद्योगले यही नाकाबाट कच्चापदार्थ भित्र्यााउँछन् । युक्रेन, रूस, अस्ट्रेलिया, इन्डोनेशियालगायतका देशबाट ल्याएको कच्चापदार्थ प्रशोधन गरेर निकासी गर्दै आएका छन् । अहिले निकासी हुने वस्तुमा प्रशोधित तेलको मुख्य योगदान रहेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । तर, रुस–युक्रेन तनाव र इन्डोनेशियाले पाम आयल निकासीमा लगाएको प्रतिबन्धका कारण अहिले कच्चा पदार्थको आयात अवरुद्ध भएको उद्यमी सुरेश रुंगटाले बताए । अहिले अर्धप्रशोधित तेलको सट्टा अमेरिका र क्यानडाबाट भटमासको दाना ल्याएर तेल उत्पादन गरिएको उनको भनाइ छ । त्यस्तै फलाम उद्योगको कच्चा पदार्थ एचआर सीट, स्टील स्ट्रीप, बिलेटलगायतका वस्तु पनि मुख्य आयातित वस्तुको सूचीमा समेटिएका छन् । पोलिथिन दाना, सुर्ती, हल्का पेयपदार्थ लगायत वस्तु पनि यो नाकाबाट आयात हुने भन्सारको तथ्यांकले देखाएको छ ।

वीरगञ्ज भन्सार : आयातमा इन्धन, गाडी र औद्योगिक कच्चापदार्थको वर्चस्व

वीरगञ्ज । वैदेशिक व्यापारको करीब आधा परिणाम आयातनिर्यात हुने वीरगञ्ज नाकाबाट भित्रिने वस्तुमा पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चापदार्थको वर्चस्व छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनाको आयातनिर्यात तथ्यांकले यस्तो देखाएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको चैतमसान्तसम्ममा आयातित मुख्य २० वस्तुको सूचीमा यस्ता वस्तुहरू परेका छन् । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आयातित मुख्य ५ वस्तुमा क्रमश: डिजेल, पेट्रोल, जीप/कार/भ्यान, मोटरसाइकल र एलपी ग्यास रहेको जानकारी दिए । ट्रक, बस, पिकअप गाडी पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्दछन् । स्वदेशी सिमेन्ट उद्योगले सहायक कच्चापदार्थको रूपमा प्रयोग गर्ने कोइलाको आयात परिमाण पनि उल्लेख्य छ । विगतमा क्लिंकर आयात हुने गरेकोमा अहिले स्वदेशमै उत्पादन हुन थालेपछि यो मुख्य आयातित वस्तुको सूचीबाट हटेको छ । कोइला क्लिंकर बनाउन प्रयोग हुन्छ । त्यस्तै भटमास, सूर्यमुखी र पामको अर्धप्रशोधित तेल पनि यो नाकाबाट उल्लेख्य परिमाणमा भित्रिएको तथ्यांकले देखाउँछ । बारा–पर्सा क्षेत्रमा खुलेका १४ ओेटा तेल उद्योगले यही नाकाबाट कच्चापदार्थ भित्र्यााउँछन् । युक्रेन, रूस, अस्ट्रेलिया, इन्डोनेशियालगायतका देशबाट ल्याएको कच्चापदार्थ प्रशोधन गरेर निकासी गर्दै आएका छन् । अहिले निकासी हुने वस्तुमा प्रशोधित तेलको मुख्य योगदान रहेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । तर, रुस–युक्रेन तनाव र इन्डोनेशियाले पाम आयल निकासीमा लगाएको प्रतिबन्धका कारण अहिले कच्चा पदार्थको आयात अवरुद्ध भएको उद्यमी सुरेश रुंगटाले बताए । अहिले अर्धप्रशोधित तेलको सट्टा अमेरिका र क्यानडाबाट भटमासको दाना ल्याएर तेल उत्पादन गरिएको उनको भनाइ छ । त्यस्तै फलाम उद्योगको कच्चा पदार्थ एचआर सीट, स्टील स्ट्रीप, बिलेटलगायतका वस्तु पनि मुख्य आयातित वस्तुको सूचीमा समेटिएका छन् । पोलिथिन दाना, सुर्ती, हल्का पेयपदार्थ लगायत वस्तु पनि यो नाकाबाट आयात हुने भन्सारको तथ्यांकले देखाएको छ ।

वीरगञ्ज नाकाबाट हुने आयातमा इन्धन र सवारीसाधनको वर्चस्व

वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो ८ महीनामा इन्धन र सवारीसाधन उल्लेख्य परिमाणमा भित्रिएको छ । प्रमुख औद्योगिक कोरिडोरसँग रहेको यो नाकाबाट औद्योगिक कच्चापदार्थ पनि बढी आयात भएको वीरगञ्ज भन्सारले बताएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि फागुनसम्ममा भन्सारले उठाएको कुल राजस्वमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको मुख्य योगदान देखिएको छ । भन्सारले राजस्व योगदानको हिसाबले तयार पारेको मुख्य आयातित वस्तुको सूचीको पहिलो र दोस्रो स्थानमा क्रमश: डिजेल र जीप, कार, भ्यान छन् । वीरगञ्ज भन्सारले यो अवधिमा ८ लाख ५७ हजार किलोलीटर डिजेलबाट ३० अर्ब ३९ करोड रुपैयाँ राजस्व उठाएको छ । विभिन्न ब्राण्डका ४ हजार ९२४ ओटा जीप, कार र भ्यानको आयातबाट १५ अर्ब ५६ करोड रुपैयाँ राजस्व आएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । यो भन्सारले बितेको ८ महीनामा १ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व उठाएको छ । वीरगञ्ज नाकाबाट २ लाख ६७ हजार किलोलीटर पेट्रोल भित्रिएको छ, जसबाट सरकारले १४ अर्ब ७० करोड रुपैयाँ राजस्व आम्दानी गरेको छ । परिमाणका आधारमा वीरगञ्ज पेट्रोलियम पदार्थ आयात हुन मुख्य नाका हो । पेट्रोलियम पाइपलाइन जोडिएको यो नाकाबाट मुलुकमा हुने कुल खपतको आधाभन्दा बढी परिमाण भित्रिन्छ । वीरगञ्जबाट एलपी ग्यास, कोइला, लुब्रिकेन्ट आयल, अलकत्रालगायत १५ प्रकारका पेट्रोलियम उत्पादन आउने गरेको भन्सारले उल्लेख गरेको छ । भन्सारको उठाएको कुल राजस्वमा पेट्रोलियम पदार्थबाट उठ्ने राजस्वको योगदान मात्रै  ३९ प्रतिशतभन्दा बढी भएको पौडेलले जानकारी दिए । यो नाकाबाट २० प्रकारका सवारीसाधन आयात भएको देखिन्छ । जीप, कार, भ्यान, मोटरसाइकल, पिकअप गाडी, ट्रक, बस र यसका चेसीस, अनएसेम्बल्ड मोटरसाइकल, डम्फर, विद्युतीय मोटरसाइकललगायत सवारीसाधन आयात भएको भन्सारको सूचीमा उल्लेख छ । वीरगञ्ज भन्सारले उठाउने राजस्वमा यस्ता वस्तुको योगदान २२ प्रतिशत छ । औद्योगिक कच्चा पदार्थतर्फ भटमासको कच्चा तेल, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल मुख्य छन् । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिको लाभ स्थानीय उद्योगले लिइरहेका छन् । उद्योगले भित्र्याएको तेल प्रशोधन गरी निकासी गर्दासम्म अन्तरराष्ट्रिय बजारमा मूल्य बढिसक्ने हुनाले निकासी सम्भव भएको उद्योगीहरूले बताए । यो नाकाबाट एचआर सीट, क्वायल, बिलेट, एमएस स्टील स्ट्रीपजस्ता फलाम उद्योगका कच्चा पदार्थ र सुर्ती, पोलिथिन दाना पनि उल्लेख्य परिमाणमा आयात भएको भन्सारको तथ्यांकले देखाउँछ । मुख्य औद्योगिक कोरिडोर यही क्षेत्रमा भएकाले औद्योगिक कच्चा पदार्थको ठूलो परिमाण यही नाकाबाट भित्रिने गरेको छ । वीरगञ्ज देशको मध्यभागमा रहेको र मुख्य बजार मानिएको काठमाडौं उपत्यकासँग नजिक दूरीमा भएकाले पनि बढी आयात यहीँबाट हुने गरेको छ ।

वीरगञ्ज नाकाबाट आयात : इन्धन, गाडी र औद्योगिक कच्चा पदार्थको वर्चस्व

वीरगञ्ज (अस) । वीरगञ्ज नाकाबाट आयात हुने वस्तुमा इन्धन र सवारीसाधनको वर्चस्व देखिएको छ । यो नाकाबाट भित्रिने वस्तुमा औद्योगिक कच्चापदार्थको परिमाण पनि उल्लेख्य हुने गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो ७ महीनामा तयार पारेको मुख्य आयातित वस्तुको सूचीको पहिलो स्थानमा डिजेल र दोस्रोमा पेट्रोल परेको छ । मुख्य पाँच वस्तुको मुख्यसूची इन्धन र सवारीसाधनले नै ओगटेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘यो नाकाबाट मुख्यरूपमा भित्रिने भनेको पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चापदार्थ नै हो,’ पौडेलले भने । पेट्रोलियम पदार्थ भित्रिने पाइपलाइनसँग जोडिएको र मुख्य औद्योगिक कोरिडोर यही क्षेत्रमा भएकाले इन्धन र औद्योगिक कच्चा पदार्थको मुख्य परिमाण यही नाकाबाट भित्रिन्छ । वीरगञ्जमै रहेको सुक्खा बन्दरगाह भन्सारबाट फलाम र खाद्यान्न उद्योगको कच्चा पदार्थ आउने गरेको छ । वीरगञ्ज नाका देशको मध्यभागमा हुनु र संघीय राजधानी काठमाडौंसँग निकट दूरीमा भएकाले सवारीसाधन र अन्य उपयोग्य वस्तुको ठूलो परिमाण पनि यही नाकाबाट बढी भित्रिन्छ । वीरगञ्ज भन्सारबाट साउनदेखि माघसम्मको अवधिमा ५२ अर्ब ९६ करोड रुपैयाँ बराबरको ७१ लाख ८७ हजार किलोलिटर (केएल) डिजेल आयात भएको भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । वर्ष गत आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा डिजेल आयात २४ प्रतिशतले बढेको छ । यो अवधिमा १८ अर्ब ३६ करोड रुपैयाँको २ लाख ३१ हजार केएल पेट्रोल भित्रिएको छ । १८ करोड २ लाख किलो एलपी ग्यास आयात भएको देखिन्छ । सवारीसाधनतर्फ जीप, कार र भ्यान आयात सूचीको दोस्रो सूचीमा छ । यो नाकाबाट बितेको ७ महीनामा ५३ अर्ब ७२ करोड रुपैयाँ बराबरको जीप, कार र भ्यान आयात भएको भन्सारले बताएको छ । १८ अर्ब ३६ करोड रुपैयाँको मोटरसाइकलमात्रै आएको छ । पछिल्लो समयमा मोटरसाइकलका एसेम्बलिङ प्लान्ट स्वदेशमै खुलेपछि मोटरसाइकलका पार्टपुर्जा र ‘अन–एसेम्बल्ड’ मोटरसाइकलको आयात पनि उल्लेख्य देखिएको छ । पिकअप गाडी, ट्रक, मिनी बसलगायत यो नाकाबाट भित्रिने मुख्य सवारीसाधन हुन् । औद्योगिक कच्चा पादर्थतर्फ भटमासको कच्चा तेल, सूर्यमुखीको तेल, कच्चा पाम तेल, एचआर सीट, स्टील स्ट्रीप, पोलिथिन दाना, कोइलालगायत वस्तु भित्रिएको वीरगञ्ज भन्सारले बताएको छ ।

आयातमा इन्धन र सवारीसाधनको वर्चस्व

वीरगञ्ज । आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका कन्सन्ट्रेडलगायत औद्योगिक कच्चा पदार्थ आयात हुन्छन् । तयारी कपडा पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्छ । भन्सारले उठाउने राजस्वमा समेत सबैभन्दा बढी योगदान इन्धन र सवारीसाधनकै देखिन्छ । भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिक अवधिमा यस्ता उत्पादनको आयातबाट सबैभन्दा बढी राजस्व उठाएको भन्सारको तथ्यांक छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट मात्रै करीब दुई तिहाइ राजस्व उठेको छ । बितेको ४ महीनामा पेट्रोलियम पदार्थबाट ३३ दशमलव २३ र गाडी आयातबाट २८ दशमलव ८७ प्रतिशत गरी कुल ६२ प्रतिशत राजस्वको योगदान देखिएको भन्सार प्रमुख हरिहर पौडेलले बताए । भन्सारले पहिलो चौमासिकमा ७० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको थियो । वीरगञ्ज पेट्रोलियम पदार्थ र गाडी आयात हुने मुख्य नाका हो । यो वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा वीरगञ्ज नाकाबाट इन्धन आयात उल्लेख्य बढेको छ । भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेटोलियम पाइपलाइन निर्माण भएकाले इन्धन ढुवानी सहज बनेको छ । अघिल्लो आव २०७७/७८ मा शुरूको ४ महीनाको अधिकांश समय बन्दाबन्दी र निषेधाज्ञामा बितेकाले पनि चालू वर्षमा यस्ता वस्तुको आयात उल्लेख्य बढेको देखिएको हो । अघिल्लो वर्ष उत्पादन र बजार बन्द भएकाले पनि आयातनिर्यात प्रभावित भएको थियो । चालू आवको पहिलो चौमासमा गतवर्षको समीक्षा अवधिको तुलनामा डिजेल आयात ४१, पेट्रोल ३६, एलपी ग्यास १४ प्रतिशतले बढेको वीरगञ्ज भन्सारको सूचनाप्रविधि शाखाले बताएको छ । त्यस्तै हवाई इन्धनको आयात १६२ प्रतिशत बढेको भन्सारको तथ्यांकले देखाउँछ । गतवर्ष आन्तरिक बाह्य हवाई सेवा अवरुद्ध भएकाले यस्तो इन्धनको आयात निकै कम भएको थियो । कोइला आयात ३४ र मोबिल २९ प्रतिशतले वृद्धि भएको छ । सवारीका साधनको आयात पनि यो वर्ष उल्लेख्य परिमाणले बढेको देखिन्छ । सबैभन्दा बढी जीप, कार र भ्यानको आयात वृद्धि भएको छ । अघिल्लो वषको ४ महीनामा वीरगञ्ज भन्सार हुँदै १ हजार ९६३ ओटा यस्ता साधन भित्रिएका थिए । यो वर्ष यस्तो संख्या ३ हजार ४०६ पुगेको भन्सारले बताएको छ । जीप, कार र भ्यानको आयात वृद्धि प्रतिशत ७४ छ । पिकअप गाडी, ट्रक बस, मोटर गाडीका पार्टपुर्जा, विकास निर्माणमा प्रयोग हुने उपकरण तथा साधनको आयात पनि उल्लेख्य मात्रामा बढेको देखिन्छ । गतवर्ष कोरोना महामारीका कारण उत्पादनका कमी आएकाले यो वर्ष अपेक्षित रूपमा यस्ता सधान भित्रिन नसकेको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । ‘गाडीको आयात अझै बढी हुनुपर्ने हो । कोरोनाका कारण अधिकांश गाडी र त्यसका पार्टपुर्जा उत्पादकले लामो समय उत्पादन बन्द गरेकाले अहिले मागअनुसार आपूर्ति दिन सकेको छैनन्,’ उनले भने, ‘यदि उत्पादकहरूले माग भएजति गाडी दिन सकेको भए सवारीसाधनको आयात झन् बढी हुने थियो ।’