वीरगञ्ज भन्सार : आयातमा इन्धन, गाडी र औद्योगिक कच्चापदार्थको वर्चस्व

वीरगञ्ज । वैदेशिक व्यापारको करीब आधा परिणाम आयातनिर्यात हुने वीरगञ्ज नाकाबाट भित्रिने वस्तुमा पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चापदार्थको वर्चस्व छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनाको आयातनिर्यात तथ्यांकले यस्तो देखाएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको चैतमसान्तसम्ममा आयातित मुख्य २० वस्तुको सूचीमा यस्ता वस्तुहरू परेका छन् । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आयातित मुख्य ५ वस्तुमा क्रमश: डिजेल, पेट्रोल, जीप/कार/भ्यान, मोटरसाइकल र एलपी ग्यास रहेको जानकारी दिए । ट्रक, बस, पिकअप गाडी पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्दछन् । स्वदेशी सिमेन्ट उद्योगले सहायक कच्चापदार्थको रूपमा प्रयोग गर्ने कोइलाको आयात परिमाण पनि उल्लेख्य छ । विगतमा क्लिंकर आयात हुने गरेकोमा अहिले स्वदेशमै उत्पादन हुन थालेपछि यो मुख्य आयातित वस्तुको सूचीबाट हटेको छ । कोइला क्लिंकर बनाउन प्रयोग हुन्छ । त्यस्तै भटमास, सूर्यमुखी र पामको अर्धप्रशोधित तेल पनि यो नाकाबाट उल्लेख्य परिमाणमा भित्रिएको तथ्यांकले देखाउँछ । बारा–पर्सा क्षेत्रमा खुलेका १४ ओेटा तेल उद्योगले यही नाकाबाट कच्चापदार्थ भित्र्यााउँछन् । युक्रेन, रूस, अस्ट्रेलिया, इन्डोनेशियालगायतका देशबाट ल्याएको कच्चापदार्थ प्रशोधन गरेर निकासी गर्दै आएका छन् । अहिले निकासी हुने वस्तुमा प्रशोधित तेलको मुख्य योगदान रहेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । तर, रुस–युक्रेन तनाव र इन्डोनेशियाले पाम आयल निकासीमा लगाएको प्रतिबन्धका कारण अहिले कच्चा पदार्थको आयात अवरुद्ध भएको उद्यमी सुरेश रुंगटाले बताए । अहिले अर्धप्रशोधित तेलको सट्टा अमेरिका र क्यानडाबाट भटमासको दाना ल्याएर तेल उत्पादन गरिएको उनको भनाइ छ । त्यस्तै फलाम उद्योगको कच्चा पदार्थ एचआर सीट, स्टील स्ट्रीप, बिलेटलगायतका वस्तु पनि मुख्य आयातित वस्तुको सूचीमा समेटिएका छन् । पोलिथिन दाना, सुर्ती, हल्का पेयपदार्थ लगायत वस्तु पनि यो नाकाबाट आयात हुने भन्सारको तथ्यांकले देखाएको छ ।

सम्बन्धित सामग्री

भन्सार जाँचपासको काम ठप्प पार्ने भन्सार एजेन्टको चेतावनी

१० माघ, काठमाडौं । देशकै प्रमुख भन्सार नाका मध्येको एक वीरगञ्ज भन्सार नाका ठप्प पार्ने चेतावनी वीरगञ्ज भन्सार एजेन्ट संघले दिएको छ । भन्सारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन थालेको भन्दै वीरगञ्ज भन्सार एजेण्ट संघले जाँचपासको काम ठप्प पार्ने चेतावनी दिएको हो । वीरगञ्ज भन्सार एजेन्ट संघले मंगलबार निमित्त प्रमुख भंसार […]

वीरगञ्ज भन्सार भदौमा पनि राजश्व लक्ष्य पूरा गर्न असफल, आयात निर्यात दुवै घट्यो

वीरगञ्ज – मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाकाले चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा पनि लक्ष्यभन्दा कम राजश्व संलकन गरेको छ । भन्सारले भदौमा भन्सार विभागबाट पाएको राजश्व लक्ष्य भन्दा २७ प्रतिशत कम राजश्व संकलन गरेको हो । भन्सारले उपलब्ध गराएको तथ्यांक अनुसार भदौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले १४ अर्ब १४ करोड २५ […]

वीरगञ्ज भन्सार नाकाबाट मात्र एक खर्ब ७७ अर्बको इन्धन आयात

वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो । आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ …

वीरगञ्ज नाकाबाट भित्र्याइन्छ भन्सार छलेर करोडौँको सामान

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाबाटै तस्करी गरेर सामान ल्याउने कार्य रोकिएको छैन। वीरगञ्ज भन्सार नाकाबाट  विभिन्न उपाय अपनाएर व्यापारीहरुले राजश्व छलेर मालसामानको तस्करी गर्ने गरेको पाइएको छ। पर्सा प्रहरीले दुई करोडभन्दा बढीको राजश्व छलेर भित्र्याइएको औषधि, लत्ताकपडालगायतका खुद्रा सामाग्रीहरू लोड रहेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले ती ट्रकहरुमा बिल […]

वीरगञ्ज भन्सार कार्यालयबाट इन्धन आयातमा वृद्धि

वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो ।आव २०७७÷७८ को साउनदेखि फागुनसम्ममा रु ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालु आवको

वीरगञ्ज भन्सार नाकाबाटै भित्रिन्छ राजश्व छलेर करोडौँको सामान

वीरगञ्ज– मुलुककै मुख्य आर्थिक नाका पर्साको वीरगञ्ज भन्सार नाकाबाटै तस्करीको सामानहरु नेपालमा भित्रिने गरेको पाइएको छ। तस्करहरुले अन्य नाकाबाट तस्करी गर्दै आएको भए पनि पछिल्लो समय वीरगञ्जको मुख्य नाकाबाटै राजश्व छलेर सामान तस्करी भएको पाइएको छ। व्यापारीहरुले सामानको कम मूल्यांकन देखाइ हार्डवेयर तथा खुद्रा मालवस्तुहरु, चकलेट, मेडिकल सामाग्रीलगायतका सामानहरु धमाधम मुख्य नाकाबाटै आयात गर्दै आएको […]

वीरगञ्ज भन्सार नाका : ५ महिनामा २ खर्बको सामान आयात, ४७ अर्बको निर्यात

वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७० करोड ४८ लाख ५४ हजार रुपैयाँ […]

वीरगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको लागि निर्धारण गरेको लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्षको पहिलो चौमासिकमा साउनदेखि कात्तिकसम्मका लागि भन्सार विभागले दिएको लक्ष्य भन्दा करिब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ […]

वीरगञ्ज भन्सार कार्यालयबाट लक्ष्य भन्दा १८ प्रतिशत राजश्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षमा ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । यो वर्ष एक खर्ब ९८ करोड १८ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा २० दशमलव ५ प्रतिशत पूरा भएको हो । संकलित राजस्व लक्ष्य भन्दा १८ प्रतिशत बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, […]

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।          भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ ।