वीरगञ्ज नाकाबाट आयात : इन्धन, गाडी र औद्योगिक कच्चा पदार्थको वर्चस्व

वीरगञ्ज (अस) । वीरगञ्ज नाकाबाट आयात हुने वस्तुमा इन्धन र सवारीसाधनको वर्चस्व देखिएको छ । यो नाकाबाट भित्रिने वस्तुमा औद्योगिक कच्चापदार्थको परिमाण पनि उल्लेख्य हुने गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो ७ महीनामा तयार पारेको मुख्य आयातित वस्तुको सूचीको पहिलो स्थानमा डिजेल र दोस्रोमा पेट्रोल परेको छ । मुख्य पाँच वस्तुको मुख्यसूची इन्धन र सवारीसाधनले नै ओगटेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘यो नाकाबाट मुख्यरूपमा भित्रिने भनेको पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चापदार्थ नै हो,’ पौडेलले भने । पेट्रोलियम पदार्थ भित्रिने पाइपलाइनसँग जोडिएको र मुख्य औद्योगिक कोरिडोर यही क्षेत्रमा भएकाले इन्धन र औद्योगिक कच्चा पदार्थको मुख्य परिमाण यही नाकाबाट भित्रिन्छ । वीरगञ्जमै रहेको सुक्खा बन्दरगाह भन्सारबाट फलाम र खाद्यान्न उद्योगको कच्चा पदार्थ आउने गरेको छ । वीरगञ्ज नाका देशको मध्यभागमा हुनु र संघीय राजधानी काठमाडौंसँग निकट दूरीमा भएकाले सवारीसाधन र अन्य उपयोग्य वस्तुको ठूलो परिमाण पनि यही नाकाबाट बढी भित्रिन्छ । वीरगञ्ज भन्सारबाट साउनदेखि माघसम्मको अवधिमा ५२ अर्ब ९६ करोड रुपैयाँ बराबरको ७१ लाख ८७ हजार किलोलिटर (केएल) डिजेल आयात भएको भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । वर्ष गत आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा डिजेल आयात २४ प्रतिशतले बढेको छ । यो अवधिमा १८ अर्ब ३६ करोड रुपैयाँको २ लाख ३१ हजार केएल पेट्रोल भित्रिएको छ । १८ करोड २ लाख किलो एलपी ग्यास आयात भएको देखिन्छ । सवारीसाधनतर्फ जीप, कार र भ्यान आयात सूचीको दोस्रो सूचीमा छ । यो नाकाबाट बितेको ७ महीनामा ५३ अर्ब ७२ करोड रुपैयाँ बराबरको जीप, कार र भ्यान आयात भएको भन्सारले बताएको छ । १८ अर्ब ३६ करोड रुपैयाँको मोटरसाइकलमात्रै आएको छ । पछिल्लो समयमा मोटरसाइकलका एसेम्बलिङ प्लान्ट स्वदेशमै खुलेपछि मोटरसाइकलका पार्टपुर्जा र ‘अन–एसेम्बल्ड’ मोटरसाइकलको आयात पनि उल्लेख्य देखिएको छ । पिकअप गाडी, ट्रक, मिनी बसलगायत यो नाकाबाट भित्रिने मुख्य सवारीसाधन हुन् । औद्योगिक कच्चा पादर्थतर्फ भटमासको कच्चा तेल, सूर्यमुखीको तेल, कच्चा पाम तेल, एचआर सीट, स्टील स्ट्रीप, पोलिथिन दाना, कोइलालगायत वस्तु भित्रिएको वीरगञ्ज भन्सारले बताएको छ ।

सम्बन्धित सामग्री

यी हुन्, वीरगञ्ज नाका भएर विदेश निर्यात हुने मुख्य वस्तु

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]

वीरगञ्ज नाका भएर एक वर्षमा ४७ करोडको माछा आयात

वीरगञ्ज – पछिल्लो समय नेपालमै उत्पादन गर्न सकिने बिभिन्न किसिमका बस्तुहरुको नेपालमा आयात हुने क्रम बढेसँगै माछा आयात पनि गत आर्थिक बर्षमा बढेको छ। देशकै प्रम्ख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर मात्रै आर्थिक वर्ष २०७८/७९ मा ४७ करोडभन्दा बढीको माछा आयात भएको छ। यो नाका भएर गत आर्थिक वर्षको साउनदेखि असार गरी १२ महिनामा […]

वीरगञ्ज नाकाबाट ११ महिनामा ४५ करोडको माछा आयात

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर ०७८/७९ को पछिल्लो ११ महिनाको अवधिमा ४५ करोड रुपैयाँ बराबरकोे माछा नेपालमा आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा नेपालले विदेशबाट ११ महिनामा ४५ करोड रुपैयाँ बराबरको माछा आयात गरेको हो। ११ महिनाको अवधिमा वीरगञ्ज नाका भएर नेपालले विदेशबाट ४४ करोड २० लाख ३३ हजार बराबरको माछा […]

वीरगञ्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ ।        गत आवको साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी रु ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि एक

वीरगञ्ज नाका भएर सात महिनामा युक्रेनबाट ६ अर्बको सामान आयात

वीरगञ्ज– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनाको अवधिमा देशकै मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार भएर युक्रेनबाट नेपालमा करिब ६ अर्बको सामान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर साउनदेखि माघसम्म रु पाँच अर्ब ९९ करोड ३२ लाख ३८ हजार मूल्य बराबरको सामान नेपाल आयात भएको छ। यो गत […]

मूल्य बढ्दा पनि घटेन पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज – वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको छ। देशको प्रमुख आर्थिक नाका वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको पहिलो सात महिनामा ७१ अर्बभन्दा बढीको डिजेल र पेट्रोल आयात भएको हो। चालु आर्थिक वर्षको साउनदेखि माघसम्म यो नाका भएर रु ७१ अर्ब ३३ करोड ५२ लाख ७७ हजार बराबरको डिजेल र पेट्रोल आयात भएको वीरगञ्ज […]

वीरगञ्ज भन्सार : विद्युतीय मोटरसाइकल र तीन पांग्रे सवारीको आयात दोब्बर

वीरगञ्ज – देशको मुख्य नाका वीरगञ्ज नाका भएर चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको अवधिमा विद्युतबाट चल्ने मोटरसाइकल र तीन पाँग्रे सवारीसाधनको आयात वृद्धि भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा विद्युतीय मोटरसाइकल र तीन पाँग्रे सवारीसाधनको आयात करिब दोब्बरले वृद्धि भएको हो। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको […]

सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट

चालु आर्थिक वर्षको मङसिरसम्ममा सबैभन्दा बढी वैदेशिक व्यापार वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङसिरसम्ममा आठ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा सबैभन्दा बढी वीरगञ्ज नाका हुँदै दुई खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । यो नेपालको कुल आयातको ३४ प्रतिशत हिस्सा हो ।यसैगरी निर्यातमा पनि वीरगञ्ज नाका नै अगाडि छ । चालु आवको मङसिरसम्ममा एक खर्ब दुई अर्ब बराबरको निर्यात भएकोमा वीरगञ्ज नाका हुँदै ४९ अर्ब ४१ करोड निर्