वीरगञ्ज नाकाबाट हुने आयातमा इन्धन र सवारीसाधनको वर्चस्व

वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो ८ महीनामा इन्धन र सवारीसाधन उल्लेख्य परिमाणमा भित्रिएको छ । प्रमुख औद्योगिक कोरिडोरसँग रहेको यो नाकाबाट औद्योगिक कच्चापदार्थ पनि बढी आयात भएको वीरगञ्ज भन्सारले बताएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि फागुनसम्ममा भन्सारले उठाएको कुल राजस्वमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको मुख्य योगदान देखिएको छ । भन्सारले राजस्व योगदानको हिसाबले तयार पारेको मुख्य आयातित वस्तुको सूचीको पहिलो र दोस्रो स्थानमा क्रमश: डिजेल र जीप, कार, भ्यान छन् । वीरगञ्ज भन्सारले यो अवधिमा ८ लाख ५७ हजार किलोलीटर डिजेलबाट ३० अर्ब ३९ करोड रुपैयाँ राजस्व उठाएको छ । विभिन्न ब्राण्डका ४ हजार ९२४ ओटा जीप, कार र भ्यानको आयातबाट १५ अर्ब ५६ करोड रुपैयाँ राजस्व आएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । यो भन्सारले बितेको ८ महीनामा १ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व उठाएको छ । वीरगञ्ज नाकाबाट २ लाख ६७ हजार किलोलीटर पेट्रोल भित्रिएको छ, जसबाट सरकारले १४ अर्ब ७० करोड रुपैयाँ राजस्व आम्दानी गरेको छ । परिमाणका आधारमा वीरगञ्ज पेट्रोलियम पदार्थ आयात हुन मुख्य नाका हो । पेट्रोलियम पाइपलाइन जोडिएको यो नाकाबाट मुलुकमा हुने कुल खपतको आधाभन्दा बढी परिमाण भित्रिन्छ । वीरगञ्जबाट एलपी ग्यास, कोइला, लुब्रिकेन्ट आयल, अलकत्रालगायत १५ प्रकारका पेट्रोलियम उत्पादन आउने गरेको भन्सारले उल्लेख गरेको छ । भन्सारको उठाएको कुल राजस्वमा पेट्रोलियम पदार्थबाट उठ्ने राजस्वको योगदान मात्रै  ३९ प्रतिशतभन्दा बढी भएको पौडेलले जानकारी दिए । यो नाकाबाट २० प्रकारका सवारीसाधन आयात भएको देखिन्छ । जीप, कार, भ्यान, मोटरसाइकल, पिकअप गाडी, ट्रक, बस र यसका चेसीस, अनएसेम्बल्ड मोटरसाइकल, डम्फर, विद्युतीय मोटरसाइकललगायत सवारीसाधन आयात भएको भन्सारको सूचीमा उल्लेख छ । वीरगञ्ज भन्सारले उठाउने राजस्वमा यस्ता वस्तुको योगदान २२ प्रतिशत छ । औद्योगिक कच्चा पदार्थतर्फ भटमासको कच्चा तेल, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल मुख्य छन् । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिको लाभ स्थानीय उद्योगले लिइरहेका छन् । उद्योगले भित्र्याएको तेल प्रशोधन गरी निकासी गर्दासम्म अन्तरराष्ट्रिय बजारमा मूल्य बढिसक्ने हुनाले निकासी सम्भव भएको उद्योगीहरूले बताए । यो नाकाबाट एचआर सीट, क्वायल, बिलेट, एमएस स्टील स्ट्रीपजस्ता फलाम उद्योगका कच्चा पदार्थ र सुर्ती, पोलिथिन दाना पनि उल्लेख्य परिमाणमा आयात भएको भन्सारको तथ्यांकले देखाउँछ । मुख्य औद्योगिक कोरिडोर यही क्षेत्रमा भएकाले औद्योगिक कच्चा पदार्थको ठूलो परिमाण यही नाकाबाट भित्रिने गरेको छ । वीरगञ्ज देशको मध्यभागमा रहेको र मुख्य बजार मानिएको काठमाडौं उपत्यकासँग नजिक दूरीमा भएकाले पनि बढी आयात यहीँबाट हुने गरेको छ ।

सम्बन्धित सामग्री

टरीगाउँ विमानस्थलको इन्धन डिपोमा तालाबन्दी

१५ साउन, दाङ । दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ अन्यत्र लैजान खोजेपछि हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरिएको छ । टरिगाउँ विमानस्थलमा दुई महिनाअघि ल्याइएको रिफ्यूलरलाई सरकारले फिर्ता लैजान खोजेपछि रिफ्युलर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीसहित तुलसीपुर उद्योग वाणिज्य संघको टोलीले तालाबन्दी गरेका हुन् । दाङको टरीगाउँ विमानस्थलमा […]

श्रीलङ्काका ग्यास स्टेशनहरूले अगस्टदेखि राष्ट्रिय इन्धन पास मात्र स्वीकार गर्ने

श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन्।...

इन्धन खरिदका लागि श्रीलङ्काद्वारा रुससँग छलफल

काठमाडौँ- ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ । मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए । पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट […]

श्रीलङ्काले इन्धन कटौती गर्ने

काठमाडौँ- श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले यसबारे जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ । […]

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

कोलम्बो । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भई आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा ऊर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको […]

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौंता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरि...

श्रीलंकामा इन्धन वितरणमा कडाई

एजेन्सी, ५ वैशाख । श्रीलंकामा इन्धनमा कडाई गरिएको छ । आर्थिक संकटले इन्धन खरिद गर्न नसकिरहेको उसले अत्यावश्यक सवारी साधनलाई मात्र पर्याप्त इन्धन वितरण गर्न सुरु गरेको छ । शुक्रबारबाट मोटरसाइकल, तीन पाङ्ग्रे, कार, भ्यान र जीपलाई निश्चिम परिमाणमा तेल वितरण भएको छ । बस, ट्रक र व्यवसायिक सवारी साधनलाई भने इन्धन वितरणमा निगरानी छैन […]

श्रीलंकामा इन्धन आपूर्ति गर्न रकम अभाव

एजेन्सी, १० फागुन। श्रीलंका सरकारले इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा गरेको छ । त्यहाँका सम्पूर्ण इन्धन स्टेशनहरु सुख्खा भएको हाे। हाल बेलाविदेशी मुद्राको सञ्चिती समेत शून्य भएपछि श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेको बुझिएको छ । श्रीलंकाका उर्जामन्त्री उदय गम्मनपिलाले दुई पटक इन्धन आईपुगे पनि त्यसको ढुवानीको रकम भुक्तानी दिने पैसा समेत […]

नेपालबाट भारततर्फ इन्धन तस्करी

काठमाडौं, कार्तिक २८ । सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य निक्कै सस्तो भएपछि नेपालबाट भारततर्फ इन्धन तस्करी भएको हो । सीमा क्षेत्रका कारोबारीले भारततर्फ इन्धन तस्करी बढाउँदा इन्धनका कारण नेपालमा भइरहेको व्यापार घाटा र नेपाल आयल निगमको घाटामा वृद्धि गराएको छ । सीमावर्ती भारतीय बजारको […]