आयातमा इन्धन र सवारीसाधनको वर्चस्व

वीरगञ्ज । आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका कन्सन्ट्रेडलगायत औद्योगिक कच्चा पदार्थ आयात हुन्छन् । तयारी कपडा पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्छ । भन्सारले उठाउने राजस्वमा समेत सबैभन्दा बढी योगदान इन्धन र सवारीसाधनकै देखिन्छ । भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिक अवधिमा यस्ता उत्पादनको आयातबाट सबैभन्दा बढी राजस्व उठाएको भन्सारको तथ्यांक छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट मात्रै करीब दुई तिहाइ राजस्व उठेको छ । बितेको ४ महीनामा पेट्रोलियम पदार्थबाट ३३ दशमलव २३ र गाडी आयातबाट २८ दशमलव ८७ प्रतिशत गरी कुल ६२ प्रतिशत राजस्वको योगदान देखिएको भन्सार प्रमुख हरिहर पौडेलले बताए । भन्सारले पहिलो चौमासिकमा ७० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको थियो । वीरगञ्ज पेट्रोलियम पदार्थ र गाडी आयात हुने मुख्य नाका हो । यो वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा वीरगञ्ज नाकाबाट इन्धन आयात उल्लेख्य बढेको छ । भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेटोलियम पाइपलाइन निर्माण भएकाले इन्धन ढुवानी सहज बनेको छ । अघिल्लो आव २०७७/७८ मा शुरूको ४ महीनाको अधिकांश समय बन्दाबन्दी र निषेधाज्ञामा बितेकाले पनि चालू वर्षमा यस्ता वस्तुको आयात उल्लेख्य बढेको देखिएको हो । अघिल्लो वर्ष उत्पादन र बजार बन्द भएकाले पनि आयातनिर्यात प्रभावित भएको थियो । चालू आवको पहिलो चौमासमा गतवर्षको समीक्षा अवधिको तुलनामा डिजेल आयात ४१, पेट्रोल ३६, एलपी ग्यास १४ प्रतिशतले बढेको वीरगञ्ज भन्सारको सूचनाप्रविधि शाखाले बताएको छ । त्यस्तै हवाई इन्धनको आयात १६२ प्रतिशत बढेको भन्सारको तथ्यांकले देखाउँछ । गतवर्ष आन्तरिक बाह्य हवाई सेवा अवरुद्ध भएकाले यस्तो इन्धनको आयात निकै कम भएको थियो । कोइला आयात ३४ र मोबिल २९ प्रतिशतले वृद्धि भएको छ । सवारीका साधनको आयात पनि यो वर्ष उल्लेख्य परिमाणले बढेको देखिन्छ । सबैभन्दा बढी जीप, कार र भ्यानको आयात वृद्धि भएको छ । अघिल्लो वषको ४ महीनामा वीरगञ्ज भन्सार हुँदै १ हजार ९६३ ओटा यस्ता साधन भित्रिएका थिए । यो वर्ष यस्तो संख्या ३ हजार ४०६ पुगेको भन्सारले बताएको छ । जीप, कार र भ्यानको आयात वृद्धि प्रतिशत ७४ छ । पिकअप गाडी, ट्रक बस, मोटर गाडीका पार्टपुर्जा, विकास निर्माणमा प्रयोग हुने उपकरण तथा साधनको आयात पनि उल्लेख्य मात्रामा बढेको देखिन्छ । गतवर्ष कोरोना महामारीका कारण उत्पादनका कमी आएकाले यो वर्ष अपेक्षित रूपमा यस्ता सधान भित्रिन नसकेको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । ‘गाडीको आयात अझै बढी हुनुपर्ने हो । कोरोनाका कारण अधिकांश गाडी र त्यसका पार्टपुर्जा उत्पादकले लामो समय उत्पादन बन्द गरेकाले अहिले मागअनुसार आपूर्ति दिन सकेको छैनन्,’ उनले भने, ‘यदि उत्पादकहरूले माग भएजति गाडी दिन सकेको भए सवारीसाधनको आयात झन् बढी हुने थियो ।’

सम्बन्धित सामग्री

टरीगाउँ विमानस्थलको इन्धन डिपोमा तालाबन्दी

१५ साउन, दाङ । दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ अन्यत्र लैजान खोजेपछि हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरिएको छ । टरिगाउँ विमानस्थलमा दुई महिनाअघि ल्याइएको रिफ्यूलरलाई सरकारले फिर्ता लैजान खोजेपछि रिफ्युलर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीसहित तुलसीपुर उद्योग वाणिज्य संघको टोलीले तालाबन्दी गरेका हुन् । दाङको टरीगाउँ विमानस्थलमा […]

श्रीलङ्काका ग्यास स्टेशनहरूले अगस्टदेखि राष्ट्रिय इन्धन पास मात्र स्वीकार गर्ने

श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन्।...

इन्धन खरिदका लागि श्रीलङ्काद्वारा रुससँग छलफल

काठमाडौँ- ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ । मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए । पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट […]

श्रीलङ्काले इन्धन कटौती गर्ने

काठमाडौँ- श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले यसबारे जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ । […]

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

कोलम्बो । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भई आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा ऊर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको […]

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौंता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरि...

श्रीलंकामा इन्धन वितरणमा कडाई

एजेन्सी, ५ वैशाख । श्रीलंकामा इन्धनमा कडाई गरिएको छ । आर्थिक संकटले इन्धन खरिद गर्न नसकिरहेको उसले अत्यावश्यक सवारी साधनलाई मात्र पर्याप्त इन्धन वितरण गर्न सुरु गरेको छ । शुक्रबारबाट मोटरसाइकल, तीन पाङ्ग्रे, कार, भ्यान र जीपलाई निश्चिम परिमाणमा तेल वितरण भएको छ । बस, ट्रक र व्यवसायिक सवारी साधनलाई भने इन्धन वितरणमा निगरानी छैन […]

श्रीलंकामा इन्धन आपूर्ति गर्न रकम अभाव

एजेन्सी, १० फागुन। श्रीलंका सरकारले इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा गरेको छ । त्यहाँका सम्पूर्ण इन्धन स्टेशनहरु सुख्खा भएको हाे। हाल बेलाविदेशी मुद्राको सञ्चिती समेत शून्य भएपछि श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेको बुझिएको छ । श्रीलंकाका उर्जामन्त्री उदय गम्मनपिलाले दुई पटक इन्धन आईपुगे पनि त्यसको ढुवानीको रकम भुक्तानी दिने पैसा समेत […]

नेपालबाट भारततर्फ इन्धन तस्करी

काठमाडौं, कार्तिक २८ । सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य निक्कै सस्तो भएपछि नेपालबाट भारततर्फ इन्धन तस्करी भएको हो । सीमा क्षेत्रका कारोबारीले भारततर्फ इन्धन तस्करी बढाउँदा इन्धनका कारण नेपालमा भइरहेको व्यापार घाटा र नेपाल आयल निगमको घाटामा वृद्धि गराएको छ । सीमावर्ती भारतीय बजारको […]