काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले अवार्डको विभिन्न पक्ष जानकारी गराएको छ ।वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्र अनलाइन र प्रत्यक्ष देखाइने महोत्सव चलचित्र विकास बोर्डको हलमा आयोजना हुन लागेको हो । यस वर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ । स्वीस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार