मृत्यु भइसकेका इरफानको चलचित्र प्रदर्शन हुँदै

एजेन्सी। बलिउड अभिनेता इरफान खानको अहिलेसम्म प्रदर्शन नभएको पुरानो चालचित्र ‘दुबई रीटर्न’ प्रदर्शन हुने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार सन् २००५ मा बनेको कमेडी चलचित्र प्रदर्शन हुने भएको हो। उक्त चलचित्रको निर्देशन आदित्य भट्टाचार्यले गरेका हुन्। चलचित्र सन् २०२१ मा हुने बान्द्रा फिल्म फेस्टीवलमा प्रदर्शन गर्ने भारतीय मिडियाले जानकारी गराए। अभिनेता इरफानको सन् २०२० मा मृत्यु भइसकेको छ।