विश्वविख्यात चलचित्र निर्माण कम्पनीहरु डिज्नी, वार्नर र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण यी कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका हुन्। यो घोषणासँगै चर्चित चलचित्र ‘व्याटम्यान, टर्निङ रेड, मार्बुइस’ लगायतका चलचित्र रसियामा प्रदर्शन नहुने भएका हुन्। युरोपियन युनियन, अमेरिका सहितका देशले युक्रेनमाथि रुसी आक्रमणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएका छन्। […]