डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले त्यहाँका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा सहितको कोसेली वितरण सुरु गरेको छ ।
पालिकाले सुनौला हजार दिन अन्तर्गत सुत्केरी भएका विपन्न, दलित महिलाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत ‘पोषण झोला’ वितरण गरेको हो । त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले सुत्केरी महिलाका घर घरमा गएर कोसेली बाँडिरहेको गाउँपालिका उपाध्यक्ष निर्मला साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमै पुगेर पो...