काठमाडौं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोमबार नै विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका निमित्त मुख्य न्यायाधिस दिनेश […]