विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा कृषि क्षेत्रलाई पहिलो नम्बरमा राखेको छ।आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मा लिएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बुधबारको बैठकमा प्राथमिकता र सिद्धान्त पेश गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन्।उनले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक क्रियाकलापको मेरुदण्डको रुपमा विकास गर्ने पनि उल्लेख गरेका छन्। ‘कृषि तथा पशुपक्षीजन्य वस्तुको उत्पादन वृद्धि