आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका अध्यक्ष र सदस्यमा साझा उम्मेदवार बनाउने सहमति गरेका हुन् । गाउँपालिकाको अध्यक्ष, २, ३, ४ र ५ नं वडाको अध्यक्षमा काँग्रेस तथा १, ६ र ७ नं वडा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरण थापाले वडा सदस्यमा पनि साझा उम्म